आफ्ना गुनासा सिधै राख्न वा गुनासो पेटिकामा राख्न वडा नं १३ का वडा अध्यक्ष चौधरीको आग्रह

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १३ का नव–निर्वाचित वडाअध्यक्ष नवीन चौधरीले जेठ  १८ गते बुधबार आफ्नो पदभार ग्रहण गरेका छन ।

नगर प्रमुख बसन्त कुमार बस्नेतबाट सपथ ग्रहण गरे पश्चात वडाअध्यक्ष चौधरीले वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका हुन ।

आफ्नो पदभार सम्हाल्दै वडाध्यक्ष चौधरीले वडा नम्बर १३ लाई सुशासनमैत्री बनाएर नागरिकहरुलाई छिटो र सहज तरिकाले सेवा प्रवाह गर्ने प्रतिबद्धता गरे ।

नवनिर्वाचित अध्यक्ष चौधरीले आफ्नो जनताका गुनासाहरुलाई सम्बोधन गर्न गुनासो पेटिका हरेक हप्ता खोल्ने र आफ्ना गुनासा सिधै राख्न वा गुनासो पेटिकामा राख्न सबैलाई आग्रह गरेका छन ।

मादक पदार्थ र लागू पदार्थ सेवन गरेर आउनेलाई वडा परिसर प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष चौधरीले बताए ।

वडाको शान्ती सुरक्षालाई प्रभावकारी बनाउन नगरप्रहरी समेत परिचालन गर्ने र प्रहरी बुथको स्थापना गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।