हडिया खोलाले बगाएका ४ यात्रीको स्थानीय र प्रहरी द्वारा उद्धार

Logo
शुक्रबार, जेठ २०, २०७९

उदयपुर जेठ २० । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया खोलामा आएको बाढीले सुमो सहित बगाएका यात्रीहरुको उद्धार गरिएको छ ।

आज शुक्रवार विहान शिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं. को सुमोमा सवार एक नाबालक सहित ४ जना यात्रुलाई स्थानीय र प्रहरीको सहायतामा उद्धार गरिएको हो ।

प्रत्यक्षदर्शी एक स्थानीय अनुसार बालुवामा गाडी फसेको र फसेको गाडीलाई निकाल्ने क्रममा अचानक खोलामा बाढी आएपछि सुमो बगाएको थियो ।

करिब १ सय मिटर तलसम्म बगाएको सुमो स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

गाडी रिजर्वमा काठमाण्डौं जादैँ गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।