खोटाङ र उदयपुरसँग जोडिएका बिकाशमा त्रियुगा नगर प्रमुख बस्नेतको चासो

हलेसीलाई उदयपुरसँग जोड्ने सडकमा त्रियुगा नगरपालिकाले पनि सहयोग गर्ने
Logo
खेमराज दाहाल शनिबार, जेठ २१, २०७९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत आफ्नो पुर्ख्योली थलो खोटाङ पुगेका छन ।

मेयरमा बिजयी भएपछी पहिलो पटक आफ्नो पुर्ख्योली थलो खोटाङ पुगेका प्रमुख बस्नेतले खोटाङ जिल्लाबाट उदयपुरसँग जोडिएका विकास निर्माणका काममा भएको ढिलासुस्तीमा चासो देखाएका छन ।

धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेव र दिक्तेलस्थित कालिका भगवतीको दर्शन गर्न खोटाङ पुगेका बस्नेतले दिक्तेलबाट खानीडाँडा हुँदै गाइघाट जोड्ने छोटो सडक तत्काल निर्माणका लागि वातावरण मिलाउन प्रयास गर्ने बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार विहान आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदिस्थित फोक्सिङटारको पक्की पुल र वंशिलाघाटको पक्की पुल निर्माणमा भएको ढिलासुस्तीको पहिचान गरि प्रदेश र संघीय सरकारसँग तत्काल निर्माण कार्य गराउन पहल गर्न लागि पर्ने बताए ।

देशकै प्रमुख तिर्थ स्थल मध्य एक हलेसी भएका कारण उदयपुर लगाएत पुर्वी तराइका दर्शनार्थी हलेसी सम्म आउन सडकको समस्या देखिने गरेकाले उदयपुर हलेसी जोड्ने सडकलाई व्यवस्थित गर्न हलेसी तुवाचुङ नगरपालिकासँग सहकार्य गर्दै आफ्नो नगरपालिकाबाट पनि आर्थिक मद्धत गर्ने उनले बताए।

हलेसी आएका दशनार्थीले दिक्तेलको कालिका भगवतीको दर्शन नगरे आफ्नो मनोकांक्षा पूरा नहुने उल्लेख गर्दै उनले भने, “दर्शनार्थीहरु हलेसी दर्शन गरेर उतैबाट घर फर्किनुहन्छ। त्यसरी फर्किनुभयो भने तपाईंको मनोकांक्षा पूरा हुँदैन्। हलेसी दर्शन गरेपछि मनोकामना पुरा गर्न मझुवा कालिका भगवतीको दर्शन गर्नैपर्छ ।”

हलेसी र कालिका भगवतीको दर्शनका विषयमा त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा प्रचार वोर्ड राख्न पनि उनले अनुमति दिए।

बधाई तथा स्वागत कार्यक्रममलाई संवोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले उदयपुर र खोटाङको बिचमा भएका विकास निर्माणका समस्यालाई सहकार्य गरेर सुचारु गराउने बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry