पुलको बार भाँचेर रुपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु, २४ घाइते

Logo
आइतबार, जेठ २२, २०७९

उदयपुर । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।

राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस राेहिणी नदीमा खसेको हो।

लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।

बस दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको  छ । उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन्।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो।चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।