५१ रुखका बिरुवा रोपेर ‘विश्व वातावरण दिवस’ त्रियुगामा मनाइयो

Logo
आइतबार, जेठ २२, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा नगर प्रमुख वसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा बिरुवा रोप्दै विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यलय उदयपुरले शान्ती धाममा आयोजना गरेको कार्यक्रममा नव निर्वाचित नगर प्रमुख बस्नेत सहित विभिन्न वडाका वडाअध्यक्षहरुले ५१ रुखका बिरुवा रोपेर दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले वातावरणलाई स्वच्छ राख्ने भनेको हरियाली र रुख बिरुवा नै भएको उल्लेख गरे । त्रियुगा नगर भित्र सयौं सामुदायिक वन रहेकाले वनको संरक्षण भै रहेको भए पनि बेलबेलामा जंगलबाट रुख निकाल्दा उक्त स्थानमा नयाँ बिरुवा लगाउने काम नहुनाले वन जंगल मासिदै गएको प्रती चिन्ता ब्यक्त गरे ।

“सयौं सामुदायिक वन छन त्यहाँ बाट काठ निकासी हुन्छ त्यो बेचिन्छ त्यस बाट आम्दानी हुन्छ तर त्यहाँ नयाँ बिरुवा लगाइन्दैन ।” उनले भने, “सामुदायिक वनहरुबाट आएको आम्दानीलाई पनि एकत्रित गरि वातावरण संरक्षण गर्न र बिकाशका पुर्वाधार निर्माण गर्ने लगायतका काममा सदुपयोग गरेर जाने नगरको योजना छ ।”

त्यस्तै नगर प्रमुख बस्नेतले नगरलाई स्वच्छ र सौन्दर्य राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । बजारलाई ब्याबस्थित गर्ने देखि लिएर फोहोर ब्याबस्थापनमा आफ्नो विशेष ध्यान रहेको स्पष्ट पारे ।

नव निर्वाचित जनप्रतिनिधि हरुलाई स्वस्ती वाचन गरि खादा वडाएर सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं ४,५,८,१०,११,१२,१३ का वडाका वडाअध्यक्षहरुको उपस्थिति थियो । उपस्थित वडा अध्यक्षहरुले शान्तीधामलाई स्वच्छ र शान्ती पुर्ण बनाउन सबै लागि पर्ने प्रतिबद्धता ब्याक्त गरे ।

डिभिजन वन कार्यलयका साहायक वन अधिकृत जागेस्वर साहले शुभकामना मन्तब्य राख्दै वातावरण जोगाउन हरेक नागरिकको कर्तव्य भएको बताए । त्यस्तै शान्तीधामका अध्यक्ष गिरिराज खतिवडाले त्रियुगा नगरपालिकाको सौर्न्दर्य र वातावरणका लागि शान्तीधाम महत्वपूर्ण रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।