दिक्तेलका नगर प्रमुख भट्टराईलाई साढे ७ लाख ऋण, बैंकमा ८० हजार नगद

Logo
खेमराज दाहाल सोमबार, जेठ २३, २०७९

उदयपुर : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । आइतबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन।

उनले आफू उम्मेदवार हुँदा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्द्ता गरेका थिए। उनले सार्वजनिक गरेको सम्पती विवरणमा साढे सात लाख ऋण देखिएको छ । श्रीमतीको नाममा राष्ट्रिय बाणिज्य बैंकमा ८० हजार ब्यालेन्स रहेको उनले सार्वजनिक गरेको सम्पती विवरणमा खुलाइएको छ ।

मेयर भट्टराईले आफ्नो नाममा काठमाडौंमा एफसेट प्रेस, दिक्तेलमा थुक्पा उद्योग रहेको सार्वजनिक गरेको सम्पती विवरणमा उल्लेख गरेका छन । खोटाङको दोर्पामा पैत्रिक सम्पती, दिक्तेलमा दुई तले काठे घर, भक्तपुरमा जग्गा र उदयपुरको रामपुरमा जग्गा रहेको उल्लेख छ ।

७ तोला सुन सहित १६ तोला चादीका गहना श्रीमतीको रहेको उनले सार्वजनिक गरेको सम्पती विवरणमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]