त्रियुगामा आएर उद्योग ब्याबसाय सञ्चालन गर्न नगर प्रमुख वसन्त बस्नेतको आग्रह

त्रियुगालाई खाद्यान्नमा आत्म निर्भर बनाउने गरि काम गर्ने छौ ।
Logo
खेमराज दाहाल सोमबार, जेठ २३, २०७९

त्रियुगा उद्योग बाणिज्य सँघले नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । त्रियुगा बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा नव निर्वाचित नगर प्रमुख वसन्त कुमार बस्नेत , उपप्रमुख महेश्वरी राई लगायत वडा अध्यक्षहरुलाई स्वागत गर्दै विभिन्न बिषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

स्वागत तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्योगी ब्याबसायी हरुको पक्षमा रहेर काम गर्ने बताए । नगर प्रमुख बस्नेतले त्रियुगा नगरभित्रका आम नागरिकका घरमा दैनिक उपभोग्य सामानलाई यहीँ उत्पादन गरेर आत्म निर्भर बनाउन यहाँका उद्योगी ब्याबसायीहरु सँग सहकार्य र समन्वय गरेर जाने उल्लेख गरे ।

यहाँ रहेका उद्योगी ब्याबसायी मात्र नभएर देश बिदेशमा रहेका अन्य लगानी कर्ताहरुलाई पनि उदयपुरको त्रियुगामा आएर लगानी गर्न उनले आग्रह गरे । ठुला ठुला उद्योग ब्याबसाय सञ्चालन गराएर रोजगारीको सिर्जना गराउने आफ्नो योजना रहेको र यस्का लागि नेपाल उद्योग बाणिज्य सँग पनि सहकार्य गर्ने नगर प्रमुख बस्नेतको भनाई थियो ।

“कृषी अन्तर्गत यहाँ उत्पादन गर्न सकिने सवै किसिमका खाद्य सामग्री यहीँका ब्यावसायी मार्फत त्पादन गरेर त्रियुगा नगरपालिकालाई आत्म निर्भर बनाइने छ ।” उनले भने, ” माछा मासु, अन्डा लगायत फलफुलमा पनि हामी आत्म निर्भर बन्न सक्छौ, त्यति मात्र नभएर हामी यहाँ उत्पादित समान निर्यात सम्म गर्न सक्छौ त्यस्को लागि नगरले उद्योगी ब्यावसायीहरुका लागि सुरक्षित लगानी गर्ने बाताबरण सिर्जना गरिदिने छ ।”

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख महेश्वरी राइले त्रियुगा नगर औधोगिक र ब्याबसायीक हिसाबले लगानी गर्न उपयुक्त स्थान भएकोले उद्योगी ब्यावसायीहरुलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरिन ।

बजारलाई ब्याबस्थापन गराउने ब्यापारीहरुलाई सहज किसिमले पेशा ब्याबसाय गर्न गराउन त्रियुगा उद्योग बाणिज्य संघले सदैव नगर सँग रहेर सहयोग गर्ने सँस्थाका अध्यक्ष रमेश रसाइलीले बताए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, उद्योगी ब्याबसायी हरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]