कांग्रेसका आफ्नै प्रतिनिधिबाट अन्तरघात हुदा अल्पमतमा रहेका एमाले र माओवादी बिजयी

Logo
आइतबार, जेठ २९, २०७९

उदयपुर । त्रियुगा नगर कार्यापालिका सदस्यमा निर्वाचनमा कांग्रेसका आफ्नै सदस्य बाट अन्तरघात हुदा आफू बहुमतमा भए पनि अल्पमतमा रहेका नेकपा एमाले र माओवादीलाई निर्वाचन नतिजा सुम्पनु परेको छ ।

कुल ८२ मत रहेको कार्यपालिका निर्वाचनमा ४२ मत कांग्रेसको मात्रै थियो भने एमालेको २४ र माओवादीको १६ मिलाएर ४० मत रहेको थियो ।

कांग्रेस एक्लै बहुमतको अवस्थामा रहे पनि कांग्रेसको रुख चिन्ह बाट बिजयी बनेर गएका प्रतिनिधीहरुबाट नै अन्तरघात हुदा अल्पमतमा रहेका एमाले र माओवादीलाई लज्जास्पद निर्वाचन परिणाम सुम्पिन परेको हो ।

८ पदका लागि तीन पार्टीबाट १६ उम्मेद्वारी परेको थियो । जसमा नेकपा एमाले र माओवादी केन्द्रले ४ – ४ भागबन्डा गरेर लिएका थिए । यता नेपाली कांग्रेसले भने पुरै ८ पदमा उम्मेदवारी दिएको थियो ।

जेठ २८ गते सम्पन्न कार्यपालिका निर्वाचनमा एमालेका ४, माओवादीबाट ३ र कांग्रेसबाट १ जना बिजयी बनेका छन । बिजयी हुने हरुमा माओवादीबाट विमल किराँती, कुन्ती परियार, रेखा थापा मगर, एमालेबाट रेनुका श्रेष्ठ, सुनिता गजमेर, गिता कुमारी उप्रेती र डिल्लीसेर राई बिजयी बनेका छन । यता कांग्रेसबाट बलदेव विश्वकर्मा बिजयी बनेको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।