दिक्तेल नगरपालिकाको नेतृत्वमा सरसफाई अभियान सुरु

Logo
आइतबार, जेठ २९, २०७९

उदयपुर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा दिक्तेल बजार सरसफाई अभियान सुरु भएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नगरपालिकाको केन्द्र दिक्तेल बजारलाई स्वच्छ र सुन्दर बनाउन सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो।

शनिबार बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुँदै पूरानो वेसक्यामसम्म सरसफाई गरिएको छ। अब प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसफाई गरिने नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार दिक्तेल बजार सफाई सकेपछि नगर कार्यपालिकाको अर्को बैठक बसेर वडाहरुको बजार क्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिनेछ।

सरसफाई अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, सोल्माका वडाध्यक्ष धुव्रविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नुनथलाका वडाध्यक्ष भगेश्वर राई लगायत दिक्तेल बजारका सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारीहरु सहभागी थिए।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेल बजार सरसरफाई गर्ने निर्णय गरे बमोजिम सरसफाई अभियान सञ्चालन गरिएको हो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]