उदयपुरमा कालाजारका बिरामी फेला

Logo
सोमबार, जेठ ३०, २०७९

उदयपुर । तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ ।

त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । यस्तै रौतामाई गाउँपालिका ५ आँपटारमा पनि ५० वर्षिय रत्ना राईमा कालाजार देखा परेको छ । उनलाई पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कालाजार लागेको पुष्टि गरेको हो ।

यस्तै ताप्ली गाउँपालिका ५ रुपाटारमा दुई जनामा पनि कालाजारको विरामी फेला परेको छ । ताप्ली गाउँपालिका ५ रुपाटारका ११ वर्षिय बालिका शेसुका राई र ६२ वर्षिय पुरुष कल बहादुर खिलिङ्गेमा कालाजार भेटिएको छ । शेसुका राईलाई कान्ति बाल अस्पताल काठमाण्डौ र खिलिङ्गेलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले कालाजारको विरामी भएको पुष्टी गरेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।

त्रियुगा नगरपालिका १२ डिएमगेटका कालाजारका विरामीको छरछिमेकी ८१ जनाको ट्रेसिङ गरिएको छ भने ३१ जनाको चेकजाँच गर्दा सवैमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय उदयपुरका ल्याब इन्चार्ज लौकाजी राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयका कालाजार परीक्षण गर्ने क्षेत्रिय कोअर्डिनेटर रामनारायण पण्डितको नेतृत्वमा आएको टोलीले डिएमगेट आसपासका ३१ जनमा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको ल्याव इन्चार्ज राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयको टोली र स्वास्थ्य कार्यालय उदयपुरका ल्याब टोली रौतामाई गाउँपालिका ५ आँपटार र ताप्ली गाउँपालिका ५ रुपाटारमा कन्ट्राक्ट ट्रेसिङ्गमा रहेका आफ्न्त वा वरिपरिका व्यक्तिहरुलाई परीक्षणको लागि टोली परिचालन भएको छ ।

लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग लागेका बिरामीमा दुई हप्ताभन्दा लामो समय ज्वरो आउने, पेटको बाँया भाग फुल्ने, सङ्क्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।