नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन, ढुक्क हुनुस्: परराष्ट्र मन्त्री खड्का

Logo
मंगलबार, जेठ ३१, २०७९

काठमाण्डौ । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा नजाने प्रष्टाएका छन्।

आज प्रतिनिधि सभा संसदमा १५ जना सांसदले सोधेका प्रश्नको उत्तर दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने कुरा हल्ला मात्रै भएको बताए।

‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो आवश्यक नै छैन।’

उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरेका थिए। ‘हल्लाका पछि नजाऔं,’ उनले भने, ‘अमेरिकी सेनाको भ्रमण र भेटघाट सैन्य गठबन्धनमा लाने हो कि भनेर आएका छन्, त्यस्तो होइन। स्टेट पार्टनरसीप प्रोग्राम पनि अस्थायी हो।’

उनले मानविय र प्राकृतिक प्रकोपका बेला काम गर्न ‘स्टेट पार्टनसीप प्रोग्राम’ आवश्यक हुने पनि बताए। उनले देश हितविपरीत सरकारले कुनै पनि सम्झौता नगर्ने पनि बताएका थिए।

‘देश हितमा नहुने कुरा कल्पना पनि गर्न सकिन्न। निराधार कुरा आएका छन्। ढुक्क हुन म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘देश हितलाई प्रवर्द्धन गर्न काम गर्छौं, कतै ढल्कने कुरा छैन।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे उठेका प्रश्नबारे यस्तो उच्चस्तरीय भ्रमण विगतकै निरन्तरता भएको बताएका थिए। प्रधान सेनापतिको विदेश भ्रमण पनि नियमित भएको र विगतका प्रधान सेनापति पनि वैदेशिक भ्रमणमा जाने गरेको बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]