खोटाङमा एमालेबाट निर्वाचित वडाध्यक्षले महिला भएकै कारण वडामा हाजिर गराउन नमाने पछि

Logo
बिहिबार, आषाढ ०२, २०७९

उदयपुर । हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै हाजिर नगराई पुरुष कर्मचारी माग गरेपछि विवादमा तानिएका छन् ।

वडा अध्यक्ष अर्जुन कुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेको पत्र सामाजिक संजालमा बाहिरिए पछि व्यापक विवादमा परेका छन । पुरी नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष हुन ।

नगरपालिकाले वडा नम्बर १० को सचिवका लागि सुशीला दाहाललाई पठाएको छ। तर, वडाध्यक्ष पुरीले दाहाललाई हाजिर गराएर काममा लगाउनुको सट्टा नगरपालिका समक्ष पुरुष वडा सचिव व्यवस्थाको माग गरेका छन।

“यो वडा भौगोलिक तथा जनसंख्याको हिसावले ठूलो रहेको साथै यस वडाको साविक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने काम भइरहेको छ,” वडाको पत्रमा उल्लेख छ, “पञ्जीकरण र सामाजिक सुरक्षाभत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेकाले कामको चाप बढी हुने र जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारीलाई नै वडा सचिव व्यवस्था गरीदिन हुन अनुरोध छ।”

हलेसी तुवाचुङ नगरपालिकामा समेत प्रमुख महिला बिमला राई रहेको अवस्थामा वडा अध्यक्ष बाट खुलेआम लैङ्गिक विभेद भएको भन्दै पुरीको ब्यापक आलोचना भएको छ ।

महिला कर्मचारीलाई अस्वीकार गरेको बारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने मेयर बिमला राईले जानकारी दिइन्। यही नगरपालिकाका वडा नं ५ र ७ मा पनि महिला कर्मचारी छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]