उदयपुरका २ युवा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा

Logo
शुक्रबार, आषाढ ०३, २०७९

उदयपुर । उदयपुरका दुई जना युवालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–६ बेल्टारका २९ वर्षीय अनिष र २५ वर्षीय कालु राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिजो बेलुका साढे ७ बजे रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुवैलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु दुवैको साथबाट फेनारागन–२८ एम्पुल, लिजेसिक–२८ एम्पुल र डाईजेपाम–२९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।