बौद्दिक अपाङ्ग भएका वालवालिकालाई सम्मान तथा सामाग्री बितरण

Logo
आइतबार, आषाढ ०५, २०७९

उदयपुर । त्रियुगा नमुना माध्यमिक बिद्यालय गाईघाटमा अध्ययनरत बौद्दिक अपाङ्गता भयका बालबालिकालाइ अाबस्यक समाग्री बितरण गरिएको छ । त्रियुगा नमुना माविको प्राङ्गणमा एक कार्यक्रमका बिच त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा खेलकुदका सामाग्री लगाएत पोशाक बितरण गरिएको हो ।

उदयपुर त्रियुगा बौद्दिक अपांग अभिभावक संघका अध्यक्ष बिकेन्द्र दनुवारको अध्यक्षता गरिएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेतको बिशेश आतिथ्यमा त्रियुगा माविमा अध्ययनरत ३० बौद्दिक अपाङ्ग भएका वालवालिकाहरुलाई सम्मान सहित आबस्यक सामाग्री बितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले बौद्दिक रुपमा मात्र नभएर कुनै पनि रुपले अपांग भएका वालवालिकाहरुलाई नगरले संरक्षण गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष राजु बस्नेतले कुनै पनि रुपले अपाङ्ग भएका नागरिकहरुका लागि उनिहरुको क्षमता अनुसारको कार्यक्रम ल्याएर वृद्धि बिकाश गर्नु पर्ने र अन्य मानिसहरु जतिकै सम्मान पाउनु पर्ने जनाए ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, बिद्यालय ब्याबस्थापन समितिका सदस्यहरु, अभिभावक र शिक्षकहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]