जिल्ला समन्वय समिति उदयपुरमा तीन दलिय गठबन्धन

Logo
मंगलबार, आषाढ ०७, २०७९

उदयपुर । उदयपुर जिल्ला समन्वय समितिमा तीन दलिय गठबन्धन हुने भएको छ । प्रमुख दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बिच गठबन्धन हुने भएको हो ।

गठबन्धनका तर्फबाट नेकपा एसले प्रमुख लिने भएको छ भने कांग्रेसले उपप्रमुख सहित ३ सदस्य लिने भएको छ । माओवादी केन्द्रले ४ सदस्य लिने भएको छ ।

प्रमुख उपप्रमुख सहित ९ पदमा हुने निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समन्वय प्रमुखका लागि गठबन्धनका तर्फबाट नेकपा एसका गौर बहादुर बिश्वकर्मा र एमालेका इन्द्र राज कार्की बिच प्रतिस्पर्धा हुने भएको छ ।

यता उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज प्रसाद गिरि र एमालेका हिम कुमारी बिश्वकर्माले प्रतिस्पर्धा गर्ने भएका छन ।

यस्तै सदस्यमा गठबन्धनका तर्फबाट कांग्रेसका तीन सदस्य भिम चन्द्र राई, बिष्णु कटुवाल र मञ्जु कुमारी परियार रहेका छन । यस्तै माओबादिका इन्द्र बहादुर थापा, गोमा कार्की, बिन्दा कुमारी बिश्वकर्मा, पद कुमार राई र एमालेका तर्फबाट गणेश बहादुर श्रेष्ठ, तेज बहादुर थापा, सर्वजित राई, अंगुरा परियार, आशा परियार र नारायण राई रहेका छन ।

जिल्ला भरबाट पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने निर्वाचनमा ८ पालिकाका १६ मतदाता रहेका छन । जसमा गठबन्धनमा ११ मत रहेको छ भने एमालेको ५ मत रहेको छ । गठबन्धनका ११ मध्य नेपाली कांग्रेसका ३ प्रमुख सहित ४ उपप्रमुख गरेर ७ रहेका छन । माओवादी केन्द्रबाट ३ प्रमुख छन भने एस बाट १ रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।