त्रियुगाका शिक्षकलाई नयाँ पाठ्यक्रम अनुसार तालिम

Logo
बुधबार, आषाढ ०८, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाको शिक्षा शाखाले गणित, बिज्ञान, अंग्रेजी र नेपाली गरि ४ बिषयका शिक्षक हरुलाई नयाँ पाठ्यक्रम अनुसार पठन पाठन सम्बन्धी तालिम दिएको छ ।

त्रियुगा नगरपालिका भरका १३८ शिक्षकलाई ६ चरण गरि अलग अलग बिषयका बिषयगत शिक्षकहरुलाई नयाँ पाठ्यक्रम अनुसार तालिम दिन लागिएको हो ।

बाल मन्दिर मावी बोक्सेको सभाहलमा त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले उद्घाटन सत्रको उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए ।

मेयर बस्नेतले शिक्षकहरु समाज परिबर्तनका पहिलो आधार भएका कारण शिक्षकहरु पनि समय अनुसार अपडेट हुँदै जानू पर्नेमा जोड दिए । नगरको शैक्षिक गुणस्तरमा वढवा दिन सिङगो नगरपालिका टिम लाग्नु पर्ने मेयर बसन्तले उल्लेख गरे ।

राष्ट्रिय नयाँ पाठ्यक्रम प्रारुप अनुसारको कक्षा ४,७,९ कक्षाको परिमार्जित पाठ्यक्रम अनुसार तालिम दिन लागिएको त्रियुगा नगरपालिका शिक्षा साखा प्रमुख एक बहादुर राउतले जानकारी दिए ।

नयाँ पाठ्यक्रम लागु भए सँगै शिक्षकहरुले उक्त परिमार्जित पाठ्यक्रलाई शिक्षण गर्नु पर्ने भएकाले अनिवार्य रुपमा सवै विषयगत शिक्षकहरुले सो तालिम लिनु पर्नेमा शाखा प्रमुख रातउतले जोड दिएका छन् ।

प्रशिक्षक धर्मानन्द खतिवडा गणित र बिज्ञान बिषय , अर्जुन खत्री गणित र बिज्ञान बिषय, जंग बहादुर खड्का अंग्रेजी र पुण्य कार्की नेपाली बिषयका बिषयगत शिक्षकहरुलाई प्रशिक्षणका लागि आएका छन ।

नगरका भित्र संचालनमा रहेका सबै सामुदायिक र निजि स्रोतबाट संचालनमा रहेका बिद्यलयमा अध्यापन गराउदै आएका शिक्षक लाई तालिम दिन लागिएको हो । जिल्ला शिक्षा विकास तथा समन्यव ईकाईको सहयोगमा कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।