उदयपुरको समन्वय समितिमा गठबन्धनको प्यानलै बिजयी

Logo
बिहिबार, आषाढ ०९, २०७९

उदयपुर । जिल्ला समन्वय समितिमा तीन दलिय गठबन्धनको प्यानलै बिजयी भएको छ । प्रमुख उपप्रमुख सहित ९ पदमा भएको निर्वाचनमा गठबन्धनका सबै सदस्य बिजयी भएका हुन ।

जिसस प्रमुखमा नेकपा एकीकृत समाजवादीको तर्फबाट गौर बहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट तेज प्रसाद गिरी विजयी भएका छन ।

सदस्यमा गठबन्धनका तर्फबाट कांग्रेसका तीन सदस्यमा भिम चन्द्र राई, बिष्णु कटुवाल र मञ्जु कुमारी परियार बिजयी भएका छन । यस्तै माओबादिका इन्द्र बहादुर थापा, गोमा कार्की, बिन्दा कुमारी बिश्वकर्मा र पद कुमार राई बिजयी भएका छन ।

जिल्ला भरबाट पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने निर्वाचनमा ८ पालिकाका १६ मतदाता रहेका थिए । जसमा गठबन्धनमा ११ मत रहेको थियो । गठबन्धन बाट उम्मेदवारी दिएका सबै उम्मेदवारले ११ मत ल्याएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।