यस्तो छ त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Logo
शुक्रबार, आषाढ १०, २०७९

त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताए ।

आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ ।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातवरणिय संरक्षण तथा सम्वर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम ल्याइएको उनले उल्लेख गरेका छन ।

कृषी क्षेत्र

कृषी क्षेत्रलाई उत्पादन मुखी वनाउन विभिन्न सहकारी खेती, करार खेती, सामुदायिक खेती र चक्ला बन्दी खेती कार्यक्रम सञ्चालन गर्ने र कृषकलाई पेन्सन पट्टाको ब्याबस्था गर्ने नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रम रहेको छ । यस्तै कृषि यध्ययन गर्न चाहाने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोषको स्थापना गरि संचलान गरिने बताइएको छ । कृषकहरूको सुबिधालाई ध्यान दिदै कृषक कल सेन्टर स्थापना गरि किषकको गोठमा खोरमा प्राविधिक सेवा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सहकारी, उद्यमशिलता प्रबर्द्धन र रोजगारी

सहकारी संस्थाहरुको क्षमता अभिबृद्धिका लागि सहकारी शिक्षा एवम तालिमको ब्याबस्थ गरि सहकारीको पूँजिलाई कृषि, गैर कृषि, लघु उद्यम लगायत उत्पादन मुखी क्षेत्रहरुमा लगानी गर्न प्रोत्साहन गरि रोजगारीको सिर्जना गर्ने, वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका परिवारलाई उच्च प्राथमिकतामा राखी जिविकोपार्जनको ब्याबस्था गरिने, गरिबी न्यूनीकरणका लागि उद्यम बिकस कार्यक्रमलाई निरन्तरता दिदै महिला, दलित तथा विपन्न परिवारलाई रोजगारीको षृजना गर्ने जस्ता कार्यक्रम निति तथा कार्यक्रममा रहेको नगर प्रमुख बस्नेतले बताए ।

शिक्षा

सामुदायिक बिद्यालयहरुको पूर्वाधार निर्माणमा सुधार गरि वलमैत्री कक्षा कोठा, फर्निचर, पुस्तकालय, प्रयोगशाला, इन्टरनेट सुविधा, आइसिटी ल्याव, स्वच्छ खानेपानीको ब्याबस्था, छात्रछात्रा शौचालय, स्यानिटरी प्याडको ब्याबस्था, खेलमैदान लगायताका बिषयलाई प्राथमिकतामा राखी १० बर्षे नगर शिक्षा योजना बनाएर सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउने बिषयलाई नगरको नीति तथा कार्यक्रमले समेटेको छ ।

स्वास्थ्य 

नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरका सबै वडाहरुमा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रहरुलाई सुबिधा सम्पन्न बनाई बर्थिङ सेन्टरको निर्माण गरि सबै स्वास्थ्य संस्थाहरुमा एम्बुलेन्सको ब्याबस्थ गरिने र नगर भित्रका प्रसुती अवस्थाका महिलालाई प्रसुती सेवाको लागि बर्थिङ सेन्टर सम्म पुर्याउन वा जटिलताका कारण बाहिर लानु परे नि:शुल्क सेवाको ब्याबस्था गरिने बताइएको छ ।

सिंचाई तथा खानेपानी 

त्रियुगा नगरका वडा नं ११,१२ र १३ मा खानेपानी सुबिधाको लागि गाईघाट खानेपानी आयोजना संञ्चालन साथै खानेपानी सुबिधा नभएका अन्य वडा तथा बस्तीहरुमा खानेपानी योजना निर्माण तथा स्तरोन्नतिका लागि बजेटको ब्याबस्था गरिने नगर प्रमुख बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताएका छन ।

लैंगिक समानता तथा सामाजिक समाबेशिकरण
आगामी ५ बर्ष भित्र त्रियुगा नगरलाई बालमैत्री नगर घोषणा गर्दै बालबालिका मुक्त सडक बनाउने र वालवालिकालाई आत्मरक्षाका लागि सेल्फ डिफेन्स तालिमको प्रबन्ध गरिने नीति तथा कार्यक्रम समाबेश छ । हिंसामा परेका वालवालिका तथा महिलाहरुलाई तत्काल उद्धारका लागि हेल्लो उपमेयर कार्यक्रम, ज्येष्ठ नागरिकहरुको सुरक्षा, सम्मान र स्वास्थ्य परिक्षणको लागि विशेष कार्यक्रम, वडा बाटै सम्बन्धित बैंक मार्फत सामाजिक सुरक्षा भत्ता भत्ता बितरण गर्ने प्रबन्ध, मजदुरहरुको विमा गरि सुरक्षित रोजगारीको ब्याबस्था, एकल महिलाहरुको सीप दक्षतामा अभिबृद्धी गरि आर्थिक रुपमा सबल बनाउन सशक्तीकरणका कार्यक्रम, पूर्ण अशक्त, अपाङ्गताको परिचयपत्र बनाउन चिकित्सकीय टोलि घरमै पठाउने र परिचय पत्र घरमै बितरण गरिने लगायताका महत्वपूर्ण कार्यक्रमलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।

पूर्वाधार बिकाश
पूर्वाधार निर्माणको गुणस्तर सुनिश्चितताका लागि ल्याबको स्थापना गरि परिक्षणको थालनी गरिने, ज्येष्ठ नागरिक, अशक्त, आपाङ्ग, र अति गरिवहरुलाई सार्वजनिक यातायातमा नि:शुल्क र नगरवासीलाई सहज यातायात सेवा दिन त्रियुगा नगर बस सञ्चालन गर्ने, नगर भित्र बुद्युत सेवा पुग्न बांकी रहेका स्थानमा बिद्युत बिस्तार गरिने, झोलुङ्गे पुलहरुलाई क्रमश: बिस्थापन गर्दै एम्बुलेन्स आवातजावत गर्ने सम्मको पुलको निर्माण गर्ने लगायतका कार्यक्रम नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा परेका छन ।

भवन तथा शहरी बिकाश
भुमिहिन दलित अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको पहिचान गरि निजहरुके भोगचलन गर्दै आएको जग्गाको नापी नक्सा गरि ब्याबस्थापन गरिने, सुरक्षित आवास अन्तर्गत सुरक्षित आवास उपलब्ध गराउन नगर भित्र रहेका फुसका छाना हटाई जस्तापाता उपलब्ध गराई फुसको छाना बिस्थापित गर्दै लगिने, अति विपन्न, सीमान्तकृत समुदायको आवासको लागि सम्बन्धित संस्थाहरुसंग सहकार्य र लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिने, घर भवन निर्माण गर्दा एक घर एक चर्पी, दुई बिरुवा रोप्ने ब्याबस्था लागू गर्ने र ५ धुर जग्गामा घर बनाउन भवन निर्माण गर्न दिइने लगायताका जनपक्षीय नीति तथा कार्यक्रम नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छन ।

बिपद ब्याबस्थापन
विपदमा आवस्यक पर्ने एम्बुलेन्स, दमकल जस्ता सेवालाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने, विपदबाट हुन सक्ने क्षतिको तत्काल उद्दार, राहत र पूनर्स्थापनाका लागि आबस्यक जनशक्ति तयार, बिकाश बाट हुन सक्ने बिनाशलाई रोक्न श्रममुलक प्रविधिको प्रयोगमा जोड दिने, पूर्वाधार बिकाशका योजना संचालन गर्दा विपद न्यूनीकरणका उपाय अवपम्बन गर्ने, नगरस्तरीय विपद ब्याबस्थापन योजना तयार गरि स्थानीय विपद ब्याबस्थापन कोषमा बजेटको ब्याबस्था गरि विपदहरुको रोकथाम तथा न्यूनीकरणको लागि पूर्वतयारी, प्रतिकार्य, र पुनरलाभका कार्यक्रम समेत नीति तथा कार्यक्रमले समेटेको छ ।

फोहोरमैला ब्याबस्थापन
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक वडमा वडाको फोहोरमैला बिसर्जनका लागि उपयुक्त स्थान ब्याबस्थापन गर्ने, सार्वजनिक स्थालमा छाडिएका पशु चौपायाहरुलाई कान्जी हाउस निर्माण गरि राख्ने, भिडभाड हुने क्षेत्रमा सार्वजनिक सौचालय निर्माण गरिने जस्ता कार्यक्रम रहेका छन ।

सुशासन तथा संस्थागत बिकाश
त्रियुगा नगरापालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता अभिबृद्दी गरि नगरपालिकाबाट प्रदान गरिने सेवाहरुलाई चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेही, मितब्यायी बनाइने, सुशासनलाई प्रत्याभूत गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, खर्च सार्वजनिकिकरण, गुनासो ब्याबस्थापन, लैंगिक उत्तरदायी नगर बनाइने, नागरिकको सूचना पाउने हकलाई सुनिश्चित गर्दै खुल्ला सरकार उत्तरदायी सरकार निर्माण गर्ने, नगरपालिकाका विभिन्न महत्वपूर्ण सुचना तथा जानकारीहरुलाई अनलाइन प्रविधी मार्फत जनताका घर घरमा पुर्याइने, १० लाख भन्दा माथिको रकम भुक्तानीको समयमा पुर्व लेखा परिक्षण गर्ने ब्याबस्था मिलाइने लगायतका बिषयमा नगरले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको छ ।

सञ्चार, सूचना र प्रविधी
त्रियुगा नगर भित्रका हरेक गतिविधिलाई पारदर्शी बनाउन सुचना तथा समाचार सहज रुपमा उपलब्ध गराउने, अनलाइन प्रणाली मार्फत गुनासो र सोको फछ्र्यौटको लआगि जानकारी दिने, राजष्व तथा कर संकलनको लागि बिद्युतिय प्रणाली बिस्तार गरि अनलाइन कर भुक्तानी प्रणाली सुचारु गरिने, नागरिकहरुको डिजिटल प्रोफाइल तयारी गर्ने लगायतका बिषय नगरको नीति तथा कार्यक्रममा परेको नगर प्रमुख बस्नेतले जनाएका छन ।

नीति, कार्यक्रम बक्तव्य २०७९-८० मेयर

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।