उदयपुर । प्रदेश १ का भौतिक पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीले आफ्नो निर्वाचन क्षेत्र त्रियुगा नगरपालिका भरिलाई १९ करोड बढी रकम छुट्याएका छन । आर्थिक बर्ष २०७९/८० का लागि त्रियुगा नगरपालिकामा १९ करोड भन्दा बढि रकम छुट्याएका हुन ।
भौतिक पुर्वाधारको क्षेत्र सडक, पुल, नाला लगायत विभिन्न भवनहरुका लागि १९ करोड भन्दा बढि रकम बिनियोजन गरिएको छ । यसका अलवा जनता आवास कार्यक्रमका लागि त्रियुगा सहित उदयपुर जिल्ला भरिलाई ४ करोड बढी रकम छुट्याइएको छ ।
त्रियुगा नगरका मुख्य सडकहरुलाई पहिलो प्राथमिकतामा राखेर बनाइएको बजेटमा समग्र त्रियुगाको बिकासलाई टेवा पुग्ने गरि योजना ल्याइएको मन्त्री कार्कीले जानकारी दिए ।
नगरका १६ वटै वडालाई समानुपातिक रुपमा बजेटको व्यवस्था गरिएको छ । त्रियुगा नगरको बिकासलाई विशेष चासो दिएर लागि परेका मन्त्री कार्किले यस अगाडिका आर्थिक बर्षमा पनि करोडौंको बजेट ल्याएका थिए ।