त्रियुगा नगरपालिकाको बिषयगत समितिमा तोकिए संयोजक

Logo
मंगलबार, आषाढ १४, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा रहेका बिषयगत समितिका संयोजक टुंगो लागेको छ । नगरमा कार्यभार सम्हालेको १ महिना पछि नगर प्रमुख बसन्त कुमार बस्नेतले विषयगत समितिको संयोजक तोकेका हुन ।

नेपाली काग्रेस , नेकपा एमाले र माओवादी केन्द्रले दुई-दुईवटा विषयगत समिति पाउने गरि नगर प्रमुख बस्नेतले भागबण्डा लगाएका छन ।

सामाजिक विकास समितिको संयोजकमा वडा नंवर ५ का वडा अध्यक्ष उद्धव कुमार थापा, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा वडा नंवर ४ का वडा अध्यक्ष बद्री बस्नेत, आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर २ का वडा अध्यक्ष घमासिंह खत्री(धुर्व), वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा वडा नंवर १० का वडा अध्यक्ष किरण पाण्डेलाई तोकेका छन ।

त्यस्तै पूर्वाधार विकास समितिको संयोजकमा वडा नंवर १६ का वडा अध्यक्ष मानबहादुर राई, विधेयक समितिको संयोजकमा वडा नंवर १४ का वडा अध्यक्ष हिमराज मगर संयोजक तोकिएका छन ।

वडा नंवर ३ का वडा अध्यक्ष तिलक बहादुर कटुवाललाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।