अपाङ्गता सम्बन्धि बनेका कानुन कार्यान्वय गर्न माग

Logo
मंगलबार, आषाढ १४, २०७९

उदयपुर । अपाङ्गता सम्बन्धि बनेका कानुन र भईरहेका प्रयासका बारेमा यहाँका सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिका मन्त्रालय र त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा बौद्धिक अपाङ्गताका अभिभावक संघले सदरमुकाम गाईघाटमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले शारिरीकरुपले अशक्त, अपाङ्गताहरुको वर्गिकरण अनुसारको परिचयपत्र वितरण गर्न आफुहरु घरमै पुग्ने बताईन् । उनले भनिन्, ‘म उपमेयर निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिन अवश्था हेरी चिकित्सकसहितको टोली घरमै पुगेर कार्ड वितरण गर्ने निर्णय गरेको छु, अव कार्यान्वयन हुन्छ ।”

उनले अपाङ्गता परिचयपत्र लिन कार्यालय धाउन नसक्ने भएकाले यस्तो निर्णय लिएको बताईन् । कार्यक्रममा अन्य सरोकारवालाहरुले बनेका कानुन कार्यान्वय नहुँदा अझै पनि अपाङ्गता भएका व्यक्ति र परिवारले राज्यको सेवासुबिधा सहजरुपले पाउन नसकेको बताए ।
उनीहरुले शारिरीकरुपले अशक्त अपाङ्गताहरुलाई राज्यले समान सहभागिता जनाउँदै क्षमता अनुसारका कामहरु दिनु पर्ने धारणा राखेका थिए । उनीहरुले बनेको कानुन कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रिय अध्यक्ष राजु बस्नेतले संबिधानमा लेखिएका शब्द, बनेका कानुनका बारेमा सहजिकरण गरेका थिए ।

उनले बनेका कानुन कार्यान्वयन चरण फितलो रहेको बताए । अपाङ्गताहरुको हकअधिकारका सवालमा संबिधानले प्रष्ट बोलेपनि त्यसको व्याख्या गर्ने र कार्यान्वयन गर्ने निकायले सहजिकरण नगरिँदा अझै पनि प्रतिफल पाउन नसकेको बताए ।

त्रियुगा बौद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष विकेन्द्र दनुवारको अध्यक्षता र सचिब भवानी कट्टेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रिनपा १ का वडाध्यक्ष मनोजक चौधरी, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सिता पौड्ेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।