त्रियुगामा बर्षाले करोडौंको नोक्सानी, २०० घर परिवार डुवानमा

Logo
खेमराज दाहाल शनिबार, आषाढ १८, २०७९

उदयपुर । आज राति परेको अविरल वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजार डुबानमा परेको छ । असार १७ गते राती परेको अविरल बर्षाका कारण बजारमा एरियामा रहेको नाली ओभर फ्लो भएर बजारमा पस्दा डुबान भएको हो ।

असार १७ गते ९ बजे देखि परेको अविरल बर्षाले गाइघाटको मुख्य बजार एरिया पिजि चोक देखि बिपि चोक क्षेत्र डुवानमा परेको हो । भारी भर्षा भएपछि बजार एरियामा रहेका नालिमा पानीको बहाव नअटे पछि पानी बजार एरियाका घर पसल पुरै डुवानमा छन ।

बर्षाले बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।

निलो पुल नजिकै सुर्य टोबाको कम्पनीको आधिकारिक बिक्रेता बिनोद पाण्डेको पाण्डे श्री सप्लायर्सको गोदाममा बाढी पसेर १० लाख भन्दा बढिको नोक्सानी भएको छ ।

बाढी र डुबानले त्रियुगा नगरपालिकाको वडा नंं. ११, १२,१३,२,३ लगायतका क्षेत्रमा नोक्सानी पुर्याएको छ । वडा नं १०, ९ र ३ को सिमानामा पर्ने काली खोलामा आएको बाढिले कटान गरि बाध फुटाएर सयौं बिगाहा खेतमा लगाएको धान पुरेको छ । बाँध भत्काएर आएको काली खोलाको बाढीले वडा नं. ३ र १२ को सिमानामा पर्ने हात्तिमारा टोलमा राज कुमार डुम र निर्मला सार्की लगायतका ५ घर उच्च जोखिममा परेका छन । बाढी पसेर कटान गर्दा हात्तिमारा टोलका बिद्युतका पोल समेत लडाएको छ ।

वडा नं १३ मा जगत सदा घरमा बाढी पसेर घर भत्काएको छ । राती १ बजेको समयमा बाढि पसेको थाहा भए पछि छाडेर भागेका कारण मानवीय क्षति भने नभएको सदाले बताए । यता वडा नं १३ कै गिता धमला को घरमा बाढि पसेर घर भासिदा घर भत्किएको छ ।

वडा नं २ मा सुकुनाई खोलाले बाँध भत्काएर २०० घर बढी डुवानमा परेका छन । यस्तै फार्सेट खोलाले वडा नं. ३ का राम बहादुर राउतको घरमा क्षती पुर्याएको छ ।

बाढि र डुवान क्षेत्रको निरिक्षण गर्न पुगेका त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले अव्यवस्थित नदि नियन्त्रण र बजार एरियामा निर्माण गरिएका नाला अवैज्ञानिक भएका कारण दुर्घटना भएको बताए ।

“जग्गा उकास्ने निहुमा नदिलाई पेलेर सानो बनाइएको छ, बर्षात पछि पानीको सतह बढ्ने बितिकै खोलामा पानी आट्दैन त्यसैले पानीले बाँध भत्काउछ ।” उनले भने, “बजार क्षेत्रमा बनाइएका नाली पनि अव्यवस्थित र अवैज्ञानिक भएका कारण परेकै पानीले जाने ठाउँ नपाएका कारण डुवान भएको हो यसको उपाए खोज्न पर्छ ।”

बाढी र डुवान बाट प्रभावितहरुको निरिक्षण गर्न नगर प्रमुख सहित उपप्रमुख लगायतको टिम पुगेको थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।