त्रियुगाले बगाएको पुलको मन्त्री खड्काले गरे अवलोकन, स्थानीयमा जाग्यो आशा

Logo
बुधबार, आषाढ २२, २०७९

उदयपुर । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नदीको शिवाईमा रहेको भाँचिएको पुलको अवलोकन गरेका छन ।

परराष्ट्र मन्त्री खड्का सहित चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, पुल महाशाखाका उपनिर्देशक उमेश बिन्दु श्रेष्ठ, पुलनिर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर गोपाल खकुरेल, निबर्तामन मेयर खगेन्द्र राइको टोली पुलको अवलोकनका लागि पुगेका हुन ।

शिवाई- बेल्ही जोड्ने पक्किपुल निर्माण सकिएर उद्घाटन अघि नै १९ असार २०७८ मा आएको बाढीले भाँचेपछि एक बर्ष देखि अलपत्र रहेको छ ।

असार १९ गते खोलामा आएको सामान्य बाढीले बगाएको पुललाई सम्पन्न गराउन राज्यले अहिले सम्म कुनै चासो नदेखाएको अवस्थामा सरकारका परराष्ट्र मन्त्री आएर स्थलगत अवलोकन गरेकोले पुल बन्ने आशा थपिएको स्थानियले बताएका छन ।

१२ वर्ष लगाएर निर्माण गरिएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो । निरन्तरको वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनाएको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर, अझै निर्माणको काम सुरु भएको छैन ।

३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्याब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएर खोलामा खसेको छ ।

नगरपालिकाको केन्द्र सम्म जोड्ने पुल खोलाले बगाए पछि बर्खामा नगरपालिका सम्म दैनिक सयौको संख्यामा आउने जाने स्थानिय, बिधार्थी र कर्मचारी देखी उद्योगी ब्यवसायीले सास्ती ब्यहोर्नु परेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]