उदयपुरका एक प्रधानाध्यापक द्वारा विद्यार्थीलाई कुटपिट

Logo
शुक्रबार, आषाढ २४, २०७९

उदयपुर । उदयपुरमा एक शिक्षकले मरणासन्न हुने गरि बिद्यार्थीलाई कुटपिट गरेका छन् । उदयपुरगढी गाउँपालिका ५ स्थित आधारभुत बिद्यालय केउरिनीमा कक्षा १ मा अध्ययनरत ६ बर्षिय बालक प्रमोद रोकालाई प्रधानाध्यापक जिवन श्रेष्ठले निर्घात कुटपिट गरेका हुन् ।

प्रधानाध्यापक श्रेष्ठले बालकलाई बाँसको भाटाले शरीर भरी निलडाम हुने गरि कुटपिट गरेको तस्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।

बिहिबार बिद्यालयले आयोजना गरेको बक्तृत्वकला कार्यक्रममा पछाडी बसेर हल्ला गरेको भन्दै कुटपिट गरेको खुलेको छ ।

 

सामाजिक संजालमा भाइरल भएको तस्वीर र पोष्टमा अधिकांश प्रयोगकर्ताले नाबालक बिद्यार्थीलाई निर्घात कुटपिट गर्ने प्रधानाध्यापक श्रेष्ठलाई दोषी करार गरि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

आफ्नो नाबालक छोरालाई सामान्य बिषयमा मरणासन्न हुनेगरि कुटपिट गरिएकोमा बुवा राजु रोकाले प्रधानाध्यापक श्रेष्ठलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यता बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले बालकलाई आफुले पिटेको भएपनि सामाजिक संजालमा सार्बजनिक भएको तस्वीर जस्तो निलडाम हुने नपिटेको बताएका छन् ।

 

यता पीडित नावालक बुवा रोकाले भने न्यायका लागी सरोकारवाला सबैलाई सहयोग गर्न र दोषी शिक्षकलाई कारबाहीको लागी अनुरोध गरेका छन् ।

(तस्विर : सामाजिक सञ्जाल)

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry