उदयपुरमा बोलेरो दुर्घटना, एकको मृत्यु ९ घाइते

Logo
बिहिबार, आषाढ ३०, २०७९

उदयपुर  उदयपुरको कटारीबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारीबाट मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कटारी नगरपालिका १३ का २० वर्षिय बिष्णु राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गम्भिर घाइते राउतको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

मृतक राउत संगै यात्रा गर्ने अन्य १० जना घाइते भएका छन । घाइते हुनेहरुमा कटारी नगरपालिका वडा नं. ४ बस्ने १६ वर्षिय दिपेश कोईराला, सोही वडाकी ४५ बर्षिय उर्मिला ठाकुरी, २१ वर्षिय मनोज मल्ल, २९ वर्षिय कृष्ण बहादुर बुढाथोकी, २० वर्षिय राज मल्ल, कटारी नगरपालिका ११ बस्ने ४० वर्षिय इन्द्र मगर, वडा नं. १३ वस्ने ३१ वर्षिय हिरा खड्का, वडा नं. ११ बस्ने १८ वर्षिय दिवस बस्नेत र धरान ६ पानमाराका ५१ बर्षका निर्मल भुजेल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको छ । उपचाररत घाइतेका अनुसार तिब्र गतिमा रहेको बुलेरो एकासी ट्रनिङ लिने क्रममा दुर्घटना भएको हो ।बोलेरो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।