अनेरास्ववियु उदयपुरको अधिबेसनमा लफडा, कार्यक्रम स्थलमा तोडफोड

Logo
शुक्रबार, आषाढ ३१, २०७९

उदयपुर । अनेरास्ववियु उदयपुरको १६ औं जिल्ला अधिवेसनमा भाँडभैलो मचिएको छ । बिहिबार दिउँसो उद्घाटन सत्रको कार्यक्रम सकेर बन्दसत्र मार्फत नयाँ नेतृत्व घोषणा गर्ने क्रममा आकांक्षी मध्यका केहिले असन्तुष्टि जनाए पछि विवाद सिर्जना भएको थियो ।

अनेरास्ववियुका जिल्ला ईन्चार्ज सुरेन्द्र बस्नेतको अध्यक्षतामा रहेको अध्यक्ष मण्डलले प्रवेश ठकुरीको अध्यक्षतामा नयाँ नेतृत्व घोषणा गरेको थियो । अध्यक्ष मण्डलले अध्यक्षमा प्रवेश ठकुरी, उपाध्यक्षमा सन्तोष काफ्ले, सचिवमा सुवास ज्यू ठकुरी, उपसचिवमा युवराज दाहाल, श्रद्धा भट्टराई र सृष्टिका कोईराला, कोषाध्यक्षमा अनिल घिमिरेको नाम घोषणा गरेको थियो ।

अध्यक्ष मण्डलका सदस्य हेम खड्काले नामावली घोषणा गर्ने क्रममा निर्णय चित्तबुझ्दो नभएको भन्दै अध्यक्षका प्रत्यासीहरु र असन्तुष्ट पक्षले नाराबाजी र होहल्ला गरेका थिए । असन्तुष्ट पक्षले होटल टाउन हलमा रहेको रोष्टम, कुर्सी लगायतका सामाग्री तोडफोड गरेका छन् ।

विवाद बढेपछि बन्दसत्रको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ । बन्दसत्रमा लफडा भएपछि टाढा टाढा बाट आएका सहभागी तथा प्रतिनिधिहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।