त्रियुगा नगरपालिका र प्रधानाध्यापकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

Logo
शुक्रबार, आषाढ ३१, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाको शिक्षा शाखाले नगरभरिका प्रधानाध्यापकहरु सँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । नव निर्वाचित जनप्रतिनिधिहरु सहित नगर भरिका प्रधानाध्यापकहरु सँग नगरको शैक्षिक अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

१६ वटा वडाका सवै बिद्यालयका प्रधानाध्यापकहरुले आफ्नो बिद्यालयको वस्तुगत विवरणको बारेमा नगरको शिक्षा शाखा र जनप्रतिनिधिहरुलाई अवगत गराएका थिए ।

शिक्षा क्षेत्रलाई नगरले उपेक्षा गरेको प्रधानाध्यापकहरुको गुनासो थियो । कार्यक्रममा उपस्थित अधिकांश प्रधानाध्यापकहरुले अघिल्लो सरकारले शिक्षालाई उपेक्षा गरेको र शिक्षा नीति नल्याएको भन्दै नगरको शिक्षा नीति ल्याएर शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन आग्रग गरे ।

प्रधानाध्यापकहरुले उठाएका प्रश्न हरुको उत्तर दिदै शिक्षा शाखा प्रमुख एक बहादुर राउतले हाल सम्म शिक्षा क्षेत्रमा नगरले गरेका प्रगती बिवरण सुनाएका थिए ।

नगरको सर्वाङ्गिण विकासको सूत्र भनेको शिक्षामा व्यापक सुधार, पर्याप्त लगानी, गुणस्तरीय सार्वजनिक शिक्षा भएको उल्लेख गर्दै नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरले शिक्षा क्षेत्रमा सुधार गरि दक्ष जनशक्ती उत्पादन गरि रोजगारको सिर्जना गर्ने लक्ष्य रहेको बताए ।

नगरको शैक्षिक गुणस्तर उकास्न स्थानीय पाठ्यक्रम बनाई शिक्षा क्षेत्रमा कृषिलाई महत्व दिएर बिद्यालय स्तर देखिनै कृषि सम्बन्धी बिषयहरु पठनपाठन गराएर त्यस्को अधार तयार गरिने प्रष्ट पारे ।

त्रियुगा नगरपालिकाका सामाजिक शाखा संयोजक उद्धव थापाले शिक्षा क्षेत्रमा सुधारकालागि आफू प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।