गाउँ ब्लक जग्गाको पुर्जा बितरण गर्दै त्रियुगा नगर प्रमुखले भने स्वागत योग्य कदम, ऐलानी र अव्यवस्थित जग्गाको समस्या पनि छिट्टै समाधान हुने बिश्वास व्यक्त

Logo
सोमबार, साउन ०२, २०७९

उदयपुर । उदयपुरको नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका स्थानीय जग्गाधनीलाई लाल पुर्जा बितरण सुरु गरेको हो ।

नेपाल सरकारले वि.सं. २०६१÷६२ देखि गाउँ ब्लकको जग्गा नापी गरी लालपुर्जा वितरण गर्न थालेको थियो । विविध कारणले बितरणमा ढिलाई भैरहेको पुर्जा साविकको भुमरसुवा गाबिसको वडा नं.७,८,९ बाट त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राइले पुर्जा बितरण सुरु गरेका हुन ।

साविकको भुमरसुवा गाविसमा पर्ने बाँकी वडाको पुर्जा पनि क्रमशः बितरण गर्दै लैजाने नापी कार्यलयका कार्यलय प्रमुख लाल बाबू यादवले जानकारी दिए । उनका अनुसार गाउँ ब्लक भनेर नापी भएको जग्गा साविकका भुमरसुवा, गाईघाट ५ ग र ७ ख , देउरी, जोगीदह गरी ९ सय ४५ गाउँ ब्लक सङ्ख्या रहेको छ ।

वि.सं. २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन समय नभएपछि गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए ।

पुर्जा वितरण गर्दै नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले गाउँ ब्लकका जग्गालाई बर्षौ देखी भोग चलन गर्दै आएकाहरुको नाममा स्वामित्व प्रदान गर्नु स्वागत योग्य भएको बताए । ऐलानी जग्गा र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि बनेको भुमी आयोगले पनि छिट्टै त्यस्ता जग्गाहरुको लालपुर्जा बितरण कार्य गर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाईघाट बजार शहरीकरण हुदै गरेको अवस्थामा यस क्षेत्रमा रहेका सार्वजनिक जग्गा हरुलाई व्यावस्थित गर्दै अव्यवस्थित वस्ती र प्रती ऐलानी जग्गाहरुको समेत छिट्टै समाधान हुनेमा आफू बिश्वस्त रहेको र यस्मा नगरले आवस्यक सहयोग गर्ने नगर प्रमुख बस्नेतले बताए ।

यस्तै उपप्रमुख महेश्वरी राईले बर्षौ देखि भोग चलन गर्दै आएको जग्गा भोगचलन गर्दै आएकाहरुले पुर्ण स्वामित्व पाउनु खुसीको कुरा भएको बताइन । यसरी बर्षौ देखी भोगचलन गर्दै आएका आम नागरिकको समस्या समाधान भएर उनिहरुलाई पुर्जा बितरण गरिनुले सिङ्गो नगरपालिकाले यसको फाइदा लिने उनले बिश्वास ब्यक्त गरिन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।