स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

खेलकुदलाई नगरले प्राथमिकतामा राख्छ : मेयर बस्नेत
Logo
बुधबार, साउन ०४, २०७९

गाईघाटमा जारी स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिताको उपाधि ११ नं वडा गाईघाटले जितेको छ । मंगलवार भएको फाईनल खेलमा ५ नं वडालाई २/० को अन्तरले पराजित गर्दै उपाधी ११ नं वडाले आफ्नो पोल्टोमा पारेको हो ।

खेलको ३३ औँ मिनेटमा ११ नं वडाको तर्फबाट जर्सि नं ११ का दिवस श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । हाफ पछि पून : जर्सि नं १५ का डेविट चौधरीले ७७ मिनेटमा पून : गोल गर्दै टिमलाई २-० को अग्रता दिलाउदै जितलाई सुनिश्चित गराएका थिए ।

खेल अबधिभर ५ नं वडाले भने कुनै पनि गोल फर्काउन सकेन । विजेता टिमले नगद ५० हजार सहित सिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिम ५ नं वडाले ३० हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

खेलाडीहरुलाई सिल्ड र प्रमाणपत्र वितरण गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले खेलकुदले जिल्लालाई राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा चिनाउने हुँदा खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।