वीपी स्मृति दिवसमा उदयपुरमा दीप प्रज्वलन

Logo
शुक्रबार, साउन ०६, २०७९

उदयपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४० औं स्मृति दिवस आज उदयपुरका विभिन्न स्थानम मनाइएको छ ।

बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस उदयपुर र उसका मातहतका अन्य कमिटी हरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै कोइरालाको ४० औं स्मृति दिवस मनाएका हुन ।

जिल्ला कमिटिका उपस्थित सदस्यले जिल्ला स्थित पार्टी कार्यलयमा वीपीको तस्विरमा माल्यल्पर्ण गर्दै स्मृति दिवस मनाएका थिए । सांझ गाईघाट बजारको वीपी चोकमा दीप प्रज्वलन प्रज्वलन गरिएको थियो ।

यस्तै आज (शुक्रबार) उदयपुर जिल्ला क्षेत्र नं १ नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितीले क्षेत्रिय पार्टीकार्यालय बेल्टारमा एक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाएको छ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका माहामानव कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

बिपी स्मृति दिवसका अवसरमा शुक्रबार कांग्रेस क्षेत्रिय पार्टी कार्यालय बेल्टारमा दिउसो बिपीको तस्बिरमा माल्यार्पण गरिएको थियो भने साँझ बेल्टार बजारको बिपी चोकमा दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापती खगेन्द्र राइ, जिल्ला सदस्य चन्द्रलाल गिरी, पुर्व क्षेत्रिय सभापती भोजराज खतिवडा, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, नेपाली कांग्रेस क्षेत्र नं १ प्रदेस सभा “क” सभापती अर्जुन दाहाल लगायतका नेता उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]