उपाध्यक्ष र केन्द्रीय सदस्यमा उदयपुरका दुई पत्रकारको उम्मेदवारी

Logo
शुक्रबार, साउन ०६, २०७९

उदयपुर ।उदयपुरका पत्रकार डिल्लिराम खतिवडा र गोपाल पोखरेलले नेपाल प्रेस युनियनको उपाध्यक्ष र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

लामो समय देखी उदयपुरमा पत्रकारिता गर्दै आएका खतिवडाले उपाध्यक्ष र पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन ।

हेटौडामा जारी प्रेस युनियनको नवौं राष्ट्रिय महाधिबेसनमा भुगोल तर्फ प्रदेश १ का लागि डिल्लीराम खतिवडाले उपाध्यक्षमा र भुगोल तर्फ पोखरेलले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन ।

पत्रकार खतिवडा र पोखरेलले संस्थापन इतर पक्ष शिव लम्सालको टिमबाट शुक्रबार उपाध्यक्ष र केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

संस्थागत सुदृढिकरण, पेशागत सुरक्षा, मर्यादित र व्यवसायीक पत्रकारिताको प्रवद्र्धन गर्ने उदेश्यका साथ युनियनको उपाध्यक्ष र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उपाध्यक्ष र सदस्यका उम्मेदवारले बताएका छन ।

उपाध्यक्ष खतिवडा चौदण्डी नगरपालिकामा स्थाई घर भएर कान्तिपुर पत्रीकामा आवद्ध छन भने पोखरेल उदयपुरको सदरमुकाममा बसोबास गर्दै कारोबार दैनिकमा आवद्ध छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।