उदयपुर ।उदयपुरका पत्रकार डिल्लिराम खतिवडा नेपाल प्रेस युनियनको उपाध्यक्ष पदमा बिजयी भएका छन् ।
लामो समय देखी उदयपुरमा पत्रकारिता गर्दै आएका खतिवडाले उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी हेमराज दाहाललाई १३१ मतले पछि पार्दै बिजयी भएका हुन
हेटौडामा भएको प्रेस युनियनको नवौं राष्ट्रिय महाधिबेसनमा भुगोल तर्फ प्रदेश १ का लागि उपाध्यक्षमा डिल्लीराम खतिवडा, हेमराज दाहाल र लवदेव ढुंगानाले प्रतिस्पर्धा गरेका थिए ।
पत्रकार खतिवडाले ५ सय ६० मत ल्याएर बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी हेमराज दाहालले ४ सय २९ र अर्का प्रतिस्पर्धी वलदेव ढुंगानाले २ सय ९० मत ल्याएका छन ।
बिजय पश्चात सोलुसन खवर सँग कुरा गर्दै उनले संस्थागत सुदृढिकरण, पेशागत सुरक्षा, मर्यादित र व्यवसायीक पत्रकारिताको प्रवद्र्धन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन ।
उपाध्यक्ष खतिवडा चौदण्डी नगरपालिकामा स्थाई घर भएर कान्तिपुर पत्रीकामा आवद्ध छन ।