मुसहर समुदायको सर्वाङ्गिण विकासका लागि त्रियुगा नगरमा करिव ३ करोड बजेट

Logo
बुधबार, साउन ११, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाले नगरमा बसोबास गर्दै आएका मुसहर समुदायको सर्वाङ्गीण बिकासका लागि बनाइएको परियोजनाको आज एक कार्यक्रमका बिच सार्वजनिकीकरण गरेको छ ।

करिव ३ करोड रकम रहेको सो परियोजनाले नगरमा बसोबास गर्दै आएका मुसहर समुदायको वृत्ती बिकासको खाका प्रस्तुत गरेको छ । परियोजना प्रमुख राज कुमार खड्काले परियोजनाको सार्वजनिकीकरण गरेका हुन ।

सार्वजनिकीकरण कार्यक्रममा प्रस्तुत विवरण अनुसार आर्थिक बर्ष ७८/७९ मा ७५ लाख बराबरको कार्यक्रम लगभग सकिएको र आ.व. ७९/८० का लागि २ करोड १५ लाख बराबरको रकमको लक्षित समुदायमा खर्च गरिने देखाएको छ ।

दुई आर्थिक बर्षको कुल रकम जम्मा २ करोड ९० लाख रहेको छ । खड्काले प्रस्तुत गरेको विवरणमा दुई आर्थिक वर्षमा यो समुदायका बालबालिका मध्य माध्यमिक बिद्यालय जाने बालबालिकामा २५ प्रतिशतले वृद्धि हुने देखाइएको छ । यस्तै १०० वटा लघु उद्यम दर्ता भई ३०० जनाले उद्यमी हुने बताइएको छ ।

१० प्रतिशतले निरपेक्ष गरिवी घट्ने उदेश्य राखेको परियोजनाले नगर र राज्यका विभिन्न निकायमा पहुच बढ्ने देखाएको छ । यस्तै परियोजना समाप्ति पछि लक्षित समुदायका घर परिवारले बार्षिक २४ हजार बचत गर्न सक्ने आधार तयार गर्ने र ५ जना युवाहरुले उद्यमशिलता र रोजगारमूलक तालिम प्राप्त गरेको हुने परियोजनाको उदेश्य रहेको छ ।

मुसहर समुदायको बिकासका लागि परियोजनाले मोबाइल एपको समेत डेभलप गरेर वेबसाईटको डेभलप गरि सम्पुर्ण विवरण सोही एप मार्फत हेर्न सकिने गरि बनाइने खड्काले सार्वजनिक गरेको विवरणमा देखाइएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेतले एउटा समुदायलाई लक्षित गरेर आएको परियोजनाले मुसहर समुदायको नेतृत्व बिकासमा कोसे ढुंगा सावित हुने बताए । उनले परियोजना भन्दा बाहेक यस समुदायका बालबालिकालाई उच्च शिक्षा हाँसिलका लागि पनि नगरले सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा उपस्थित मुसहर समुदायलाई सम्बोधन गर्दै प्रमुख बस्नेतले भने “राज्यले गरेको यो लगानीलाई बुझेर आफ्नो दायित्व पनि बुझ्नुस, परियोजनामा भाग लिन आउदा भत्ता पाउने मात्र उदेश्यले नभएर दीर्घकालीन सोच राखेर आएर उद्यमी हुने उदेश्य लिएर आउनुस ।”

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महेश्वरी राईले परियोजनालाई उपलब्धि मुलक बनाएर लक्ष्य अनुसार पुग्ने गरि काम गर्न निर्देशन दिइन । उनले भनिन, ” परियोजनाले जुन लक्ष्य राखेको छ त्यस्मा पुर्ण रुपमा लक्ष्य पूरा भएको हुन पर्दछ । यो अनिवार्य सर्त हो ।”

यस्तै कार्यक्रममा उपस्थित मुसहर समुदायका अगुवाहरुले परियोजनामा प्रस्तुत गरिए जसरी परियोजनामा मुसहर समुदायका ब्याक्तीलाई समावेस नगरेको भन्दै गुनासो पोखेका थिए । मुसहर समुदायका अगुवा राम कृष्ण सदाले आफुहरु मुसहर नभएर ॠषीकूल समुदायका भएको भन्दै परियोजनाको नाम मुसहर लेखिनु गलत भएको भन्दै आपत्ती जनाए । उनले परियोजनामा लक्षित समुदायको सहभागीता कम रहेको औंल्याउदै कार्यक्रम हेर्दा राम्रो भए पनि पुस्तकमा भएको तरकारी जस्तो हेर्दा राम्रो तर काम नलाग्ने जस्तो नबनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]