त्रियुगाको प्रमुख प्रशासकीय अधिकृतमा मान बहादुर वन

Logo
शुक्रबार, साउन १३, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मान बहादुर वनले कार्यभार सम्हालेका छन । शुक्रबारबाट कार्यभार सम्हाल्न नगरपालिकाको कार्यलय आएका वनलाई नगर प्रमुख बसन्तकुमार बस्नेत, नगर उपप्रमुख महेश्वरी राई, वडाअध्यक्ष तथा कर्मचारीहरुले स्वागत गरेका छन ।

खोटाङको बराहपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका वन सरकारले गरेको पछिल्लो पदस्थापनमा त्रियुगा नगरपालिका आईपुगेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत वनलाई स्वागत गर्दै नगर प्रमुख बस्नेतले जनतालाई दिने सेवा सुबिधामा कुनै कमि नआउने गरि काम गर्न गराउन आग्रह गरे । त्रियुगा नगरपालिकामा जनताका हुने काम पनि १० औं दिन सम्म अड्काएर राखेर जनतालाई सास्ती दिने गरेको गुनासो व्यापक छन यस्लाई सुधारेर कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त बनाएर लैजान प्रमुख प्रशासकीय अधिकृतलाई सुझाए ।

यस्तै उप प्रमुख महेश्वरी राईले कर्मचारीहरुले अनुशासनमा बसेर नगरपालिकाले राखेको उदेस्यलाई कार्यन्वयन गर्न एक जुट भएर लाग्न आग्रह गरिन । त्रियुगा नगर उपमहानगर हुने लाइनमा रहेको उल्लेख गर्दै उप प्रमुख राईले तेहि स्पिरिटमा जनताका सेवा सुबिधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पर्नेमा जोड दिइन ।

यता प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जनताका आवश्यकता बुझेर उनिहरुका मुद्दा लिएर आएका जनप्रतिनिधिले कर्मचारीहरुलाई अनावश्यक दवाव नदिन आग्रह गरे । “हामी जन प्रतिनिधिहरुले ल्याउनु भएको भिजन कार्यक्रमहरुलाई कानुनी रुप दियर कार्यन्वयन गर्ने गराउने गर्छौ ।” प्रप्रअ वनले भने, ” तर राजनैतिक आग्रह पुर्वाग्रह राखेर नगरको प्रशासनीक कामलाई अनावश्यक दवाब दिने काम नगर्नु होस ।”

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मख्य मन्त्रीको कार्यालय पुगेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]