उदयपुरको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयाल आउदै

Logo
आइतबार, साउन १५, २०७९

उदयपुर । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र वोहोराको सरुवा भएको छ ।

एक बर्ष बढी उदयपुर बसेका बोहोराको काज सरुवा अन्तर्गत गृह मन्त्रालय प्रहरी प्रशासन सिंहदरबारमा सरुवा भएको हो ।

आइतबार गरिएको काज सरुवा अनुसार एसपी बोहोराको ठाउँमा उदयपुरमा नयाँ प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयाल आउने भएका छन् ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण धनुषा बाट उदयपुरमा फुँयाल आउने भएका हुन ।

गृह मन्त्रालयले साउन १५ गते गरेको काज सरुवामा १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।