खोटाङ भूकम्प अपडेट : ४७ घर चर्किए, एक भत्कियो

Logo
आइतबार, साउन १५, २०७९

उदयपुर । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम विर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ।

मानवीय क्षती नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिम विर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए। मात्तिम विर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ।

५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतीको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईंका अनुसार मात्तिम विर्तामा २७ वटा घर चर्किएको छ। सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ। २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो।

क्षती मूल्यांकनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षती मूल्यांकनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ।

भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह–मन्त्रालयलाई पत्राचार गरेको हो।

भूकम्पबाट भौतिक एवम् मानवीय क्षतीको तत्काल विवरण ल्याउन प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख विमला राईले बताइन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]