सप्तकोसी गाउँ पसेपछि उदयपुरका हजारौं घर विस्थापित(फोटो)

Logo
बुधबार, साउन १८, २०७९

उदयपुर । नेपालकै ठूलो सप्तकाेसी नदीले धार परिवर्तन गरेसँगै उदयपुरको बेलका नगरपालिकाका हजारौं घर डुवानमा परेका छन ।

उदयपुरको बेलका नगरपालिका-८, डुम्रिबोटेमा पर्ने लाहुरखोँचमा लगाइएको अस्थायी बाँध फुटाएर काेसीकाे भँगालाे दक्षिण-पश्चिमी गाउँतिर पसे पछि हजारौं घर विस्थापित भएका हुन ।

काेसीको कटान नरोकिएकाले पुरै कोसी बस्तीमा पस्ने खतरा रहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । चतरा पुलबाट करिब ५ किलामिटर दक्षिण सोमबारेको फेद र सिसौली घाटबाट ७-८ किलोमिटर उत्तरमा पर्ने डुम्रिबोटेको जिरो पोइन्टबाट काेसी पसेको वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्यले बताए ।

वडाध्यक्ष आचार्यका अनुसार अहिले काेसीको सानो भेल मात्रै छिरेको छ । ‘हामीले हिजैदेखि सुरक्षित स्थानमा सर्न गाउँलेलाई अनुरोध गरेका थियौँ । राति एक्कासि ठूलो भंगालो बस्ती पस्न थालेपछि धेरैको बिचल्ली भयो । ’ आचार्यले भने, ‘पहाडी जिल्लामा वर्षात नरोकिए बाढी अझै बढ्छ र आजै मूल भँगालो गाउँतिर छिर्न सक्छ ।’

यसो भएमा उदयपुरको एबीसी टप्पु, धौरी, भागलपुर सप्तरीको सप्तकाेसी नगरपालिकाका केही बस्ती डुबानमा पर्ने उनले बताए । सुनसरी बराक्षेत्र नगरपालिका वडा नम्बर ९ र ६ का घरहरू पनि प्रभावित हुनेछन् । अहिले भाटेपुलबाट काेसीको भँगालो बग्न थालेको छ । यो पुल सुनसरी र उदयपुर छुट्याउने सिमाना हो ।

काेसीकाे सानाे भेल गाउँ पसेपछि प्रभावित बस्तीका स्थानीयबासी घर छोडेर सुरक्षित स्थानमा सरिरहेका मेयर कार्कीले बताए । खासगरी एबीसी टप्पु क्षेत्रका बासिन्दा विस्थापित भएका छन् । यो गाउँ बेलका नगरपालिका वडा नम्बर ३ मा पर्छ ।

२०४५ सालअघि काेसी सोही क्षेत्रबाट बग्थ्यो । भूकम्पपछि पश्चिमी क्षेत्र अग्लिएसँगै काेसी पूर्वतिर धकेलिएको थियो । अहिले काेसी बगिरहेको सुनसरीतर्फको क्षेत्र व्यक्तिको नम्बरी जमिनभित्र पर्छ । र, धार बदलेर फर्किन लागेको क्षेत्र काेसीको पुरानै बाटो रहेको मेयर कार्कीले बताए ।

गत वर्ष गृह मन्त्री खाँडले अहिले कोसीले फुटाएको बाँधको स्थलगत अवलोकन गरेका थिए । यस्तै गत असारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि स्थायी बाँध भएको क्षेत्रमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।