उदयपुर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा आएको बाढीले विस्थापितहरुका लागि राहत समाग्री पठाएको छ । प्रदेस सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढीबाट विस्थापित १५ सय घर परिवारलाई ९ ह्जार केजी चामल, १५ सय केजी दाल, तीन सय लिटर खाने तेल र ६ सय केजी नुन राहत स्वरुप पठाएको हो ।
बुधबार बेलुका उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित डुम्रीबोटबाट सप्तकोसीमा लगाएको बाँध कटान गरि नदि बस्ती पस्दा १५ सय घर विस्थापित भएका थिए । बुधबारै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र सडक पुर्वाधार तथा सहरी बिकाश मन्त्री हिमाल कार्की लगायत प्रदेश विपत व्यवस्थापन समितिका उच्च अधिकारीहरुले बाढी प्रभावित ठाउँको अवलोकन गरेका थिए ।
उक्त अवलोकन पश्चात मन्त्री कार्कीको निर्देशन अनुसार बुधबार राति नै राहत सामग्री आइ पुगेको र बेलका नगरपालिकालाई सो राहत सामग्री आवश्यक नरहेको ।
यस्तै नेपाल सरकारका परराष्ट्र मन्त्री डा नारायण खड्काले कोसीको बहाव घटे पछि स्थायी रुपमा बाँध निर्माण गरिने बताए । भारत सरकारसँग स्थायी रुपमा बांध बनाउने बिषयमा छलफल भै रहेको र नदीको बहाव घटे तत्काल यस्को समाधानका लागि कार्य गरिने मन्त्री खड्काले उल्लेख गरे ।