उच्च स्तरीय भेटघाटमा मेयर बस्नेत, यस्ता छन उपलब्धी

Logo
शुक्रबार, साउन २०, २०७९

उदयपुर  । विश्व बैंकले विकास पुर्वाधार क्षेत्रमा सहयोग गर्ने बताए पछि छलफल र सहमती सम्झौताका लागि त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत हालै देशको राजधानी काठमाडौंमा छन ।

विश्व बैंक संगको छलफल सकारात्मक भएर सम्झौता नजिक पुगे पछि मेयर बस्नेत उच्च राजनैतिक भेटघाटमा व्यस्त देखिएका छन ।

साउन १९ गते बिहिबार प्रधानमन्त्री शेर बहादुर देउवा सँग भेटेर नगरको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । नगरभित्र ५ बर्षमा आफुले गर्ने कामको बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको र आवश्यक सहयोग गरिदिन आग्रह गरेको मेयरका स्वकिय सचिव बिजय शाहले बताए ।

यस्तै मेयर बस्नेतले हालै पुनः कोरोनाको महामारी बढेको प्रती चिन्ता व्याक्त गर्दै स्वास्थ्य मन्त्रीसँग भेटघाट तथा परामर्श गरेका छन । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङलाई भेटेर विशेषज्ञ डाक्टर र स्वास्थ्य उपकरणहरु उपलब्ध गराउन माग समेत गरेका छन ।

साउन २० गते नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सँग भेटबार्ता गरेका छन । भेटबार्ताका क्रममा महामन्त्री थापालाई मेयर बस्नेतले नगरका आवश्यकता र आफ्ना योजनाको बारेमा अवगत गराएका थिए । निर्वाचनका दौरान मेयर बस्नेतलाई जिताउन उनको चुनावी सभालाई सम्बोधन गर्न उदयपुर आएका थापाले जनताका मुलभुत आवश्यकता पूरा गर्न पहिले लाग्न सुझाव दिएका थिए ।

मेयर बस्नेतले नेपाली कांग्रेसका नेता प्रदिप पौडेल लगायतका नेता सँग समेत भेट बार्ता गरेका थिए । यस्तै नगरको फोहोर व्यावस्थापनका लागि कोरियन बिज्ञहरु सँग बसेर छलफल तथा परामर्श गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।