उदयपुर सिमेन्ट उद्योगको संचालक समिति अध्यक्षमा केशव बस्नेत

Logo
मंगलबार, साउन २४, २०७९

उदयपुर । पुर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगकोको संचालक समितिको अध्यक्षमा केशव कुमार बस्नेत नियुक्त भएका छन । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री स्तरको मिति २०७९- ०४- १५ गतेको निर्णय अनुसार बस्नेत संचालक समिति अध्यक्षमा नियुक्त भए भएका हुन ।

खुल्ला प्रतिस्पर्धाबाट उद्योगको संचालक समितिमा बस्नेत नियुक्ति भएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले जनाएको छ । उद्योगको संचालक समितिको अध्यक्षका लागि उदयपुरबाट बस्नेत सहित मुरारी खड्का, राधारमण खतिवडाले निवेदन दिएका थिए ।

यस्तै बस्नेत सँगै अन्यत्र बाहिरी जिल्ला दैलेखबाट जगदीश प्रसाद गौतम जोशी,सप्तरी तिलाठी बाट दिलिप कुनार झा, नवलकिशोर साह भगाँहा सप्तरी, नारायण मणी लामिछाने कास्की, सिन्धुली बासेश्वर र राजकुमार चौधरीले आवेदन दिएका थिए ।

यस अघि  उद्योग संचालनमा व्यबस्थापकिय बिषयमा फितलो हुदा उद्योगले अपेक्षित उपलब्धि हाँसिल गर्न नसकेको गुनासो आउने गरेको थियो । अब संचालक समितिमा नयाँ कार्यसमिती त्यसमा पनि युवाहरूको कार्यसमितिमा अधिकतम सहभागिताले उद्योगले अपेक्षित उपलब्धि हाँसिल गर्ने आश गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।