कल्याणपुर–मोतिगडा सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने

त्रियुगा नगर प्रमुखको पहलमा बन्ने भयो कल्याणपुर-मोतिगडा सडक
Logo
बिहिबार, साउन २६, २०७९

उदयपुर । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको मोतिगडा-कल्याणपुर सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन।

वनको जग्गा प्रयोग गर्न नपाएका कारण उक्त सडक निर्माणमा समस्या भएपछि मन्त्री यादवले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेका हुन ।

मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा ९१० र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–मोतिगडा सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५।८३१ हेक्टर वन प्रयोग गर्न दिइने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी उक्त राष्ट्रिय वनमा रहेका करिब तीन हजार दुई सय १९ वटा रुख हटाउनका लागि स्वीकृत दिने निर्णय भएकोसमेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने र रुख हटाउन दिने विषयमा स्वीकृति दिएपछि अब उक्त सडक निर्माणमा सहज हुने भएको छ ।

त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले आफ्नो उच्च स्तरीय भेटघाट भ्रमणमा सो सडक निर्माण गर्न भएको समस्याको बिषयमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।

मधेस प्रदेश सँग जोड्ने रणनीतिक योजनाको १७ किलोमीटर लम्बाई रहेको उक्त सडक निर्माण पछी हजारौं बस्ती तथा जनताले प्रत्यक्ष सदरमुकाम सँग जोडिन सजिलो हुनेछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]