एमालेको निर्वाचन लक्षित प्रशिक्षण, सांगठानिक अराजकताले अनपेक्षित नतिजा ः नेता घिमिरे

Logo
शनिबार, साउन २८, २०७९

उदयपुर _ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश इन्र्चाज देवराज घिमिरेले स्थानीय तहको निर्वाचनमा एमाले पराजित हुनुको मुख्यकारण सांगठानिक अराजकता रहेको ठोकुवा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गरी नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफु भए ठिक नभए हराउने प्रवृति हावि हुँदा निर्वाचनको नतिजा अनपेक्षित आएको दावि गरे ।

६ वटा सुर्यलाई मत लगाउने प्रमुख पदमा विपक्षी पार्टीलाई मत लगाएको यसपटकको निर्वाचनमा अत्याधिक देखिएकाले त्यस्ता अराजक गतिविधि नियन्त्रणका लागि सुक्ष्म अध्ययन र अनुसन्धान थालिएको उनले बताए ।

घिमिरेले भने, ‘समग्र निर्वाचनको नतिजा हेर्दा एमाले अहिले पनि पहिलो पार्टी नै छ, तर प्रमुख र उपप्रमुख विजयी भएको संख्या हेर्दा हामी दोस्रो छौ, यसको कारण हामी भित्रकै आन्तरिक समस्या हो । ” ३ सय ६४ दिन एमाले हुने एक दिन अन्य पार्टी हुने छुट कसैलाई छैन्,” इन्र्चाज घिमिरेले भने, “पार्टी भित्र मैलाउँदै गएको अराजकता, कमजोर संगठन प्रणालीलाई तलैदेखि सुधार गर्दै आउँदो निर्वाचनमा पहिलो पार्टी बन्छौ ।”

आउँदो निर्वाचनमा एमाले पहिलो शक्तिकोरुपमा उदाउँने दावी गर्दै नेता घिमिरेले भने, ‘यो निर्वाचनमा एमालेलाई हराउनु भनेको मुलुकको अस्मिता लुटिनु हो, देश वर्वादीतर्फ धकेलिनु हो, विकासले पछि पर्नु हो र वैदेशिक हस्तक्षेप बढ्नु हो ।” फरक प्रंशगमा उनले माधव नेपाल र प्रचण्डको असहयोगका वावजुद केपी ओली नेतृत्वको सरकारले परिणाममुखी काम गरेको दावि गरे ।

त्यस्तै अर्का स्थायी कमिटी सदस्य तथा एक नम्वर प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अर्थमन्त्री जनार्दन शर्मालाई सिधै जेल हाल्नु पर्ने बताए । भारतीय नागरिकलाई कोठाभित्र राखेर वजेट बनाउने अर्थमन्त्री शर्मालाई राज्यविरुद्धको अपराधमा सिधै जेल हाल्नु पर्ने बताए । “एउटा मन्त्रीले राज्यशक्तिको चरम दुरुपयोग गर्ने त्यो अपराध कसैलाई छुट छैन्,” उनले भने, “त्यति अपराधगर्दा समेत प्रधानमन्त्री देउवा मौन बस्नु त्यहाँ भन्दा लाचारीपन के हुन सक्छ ।”

उनले सत्ता कुर्सीका लागि मात्र नभई जनताको हितमा हुने गरी काम गर्न गठबन्धन सरकारलाई अनुरोध गरे । पार्टी कमिटी, जनसंगठन र जनप्रतिनिधि विचको अन्तरसम्बन्ध बिषय केन्द्रित प्रशिक्षण दिएका नेता कार्कीले पार्टी संगठनभित्र राजनीतिक विचार भुत्ते हुँदै गएको बताए । उनले संगठन विधी र पद्धतीबाट सञ्चालन हुनुको साटो व्यक्ति केन्द्रित हुँदै गएकोले आगामी दिनमा त्यस्ता गतिबिधी नियन्त्रण गरिने बताए । “भेला, सम्मेलन, अधिवेशन, प्रशिक्षणबाट संगठनलाई चलायमान हुन्छ, ” उनले भने, “अहिले त्यस्तो हुन सकेको छैन् कुनै संगठन दश बर्षदेखि अधिवेशन भएका छैनन् कुनै बैठक नै विच्छे नेतृत्व परिवर्तन हुन्छन् ।”

कार्यक्रममा प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्माण, परिचालन र प्रदेश एकको अवश्था बिषयमा केन्द्रित रही प्रशिक्षण
दिएका थिए । उनले आन्तरिक मदभेद्लाई अन्त्य गर्दै नयाँ ढंगबाट पार्टीसंगठनलाई सञ्चालन गरिनु पर्ने बताए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्र्जाच मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्र्चाज अम्बिका थापा, प्रदेश कमिटीका उपसचिब शैलेश लामाले बोलेका थिए ।

प्रशिक्षण कार्यक्रमको समापन गर्दै एमाले जिल्ल अध्यक्ष परमेश्वर
घिमिरेले निर्वाचन अघि कार्ययोजना तयार पारी सबै वडामा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए । सदरमुकाम गाईघाटमा सञ्चालन भएको प्रशिक्षणमा पार्टीले जारी गरेको अन्तर कमिटी निर्देशन अनुसार विभिन्न तह र तप्काका गरी ६ सय बढि नेता कार्यकर्ताकोे सहभागिता रहेको उनले बताए ।

प्रशिक्षणमा जिल्ला कमिटी, विभाग, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मंच, जनसंगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, पालिका कमिटी पदाधिकारी, स्कुल, संगठन विभागका प्रमुख तथा सदस्य, पार्टी वडा कमिटी अध्यक्षहरुको सहभागिता रहने छ ।

माओबादी र काँग्रेसका ७ जना एमालेमा प्रवेश

नेकपा माओबादी केन्द्रका ६ र नेपाली काँग्रेसका एक गरी सात जना नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी भित्र मौलाउँदै गएको व्यक्ति केन्द्रित राजनीतिले समग्र कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको भन्दै पार्टीको जिल्ला समन्वय समितिका सदस्य तथा नगरका सहइन्र्चाज केदार दनुवारको नेतृत्वमा ६ जना प्रवेश गरेका छन् ।

त्यसैगरी पार्टीको त्रियुगा नगर कमिटी ९ नम्बर वडाध्यक्ष जितबहादुर बराल, सदस्य धनवीर मगर, गोपी बराल, राधा बराल, रुद्र घिमिरे एमालेमा प्रवेश गरेका हुन् । दनुवार यसअघिका त्रियुगा नगर कार्यपालिकाका सदस्य हुन् ।

त्यसैगरी नेपाली काँग्रेसका नेता जयकुमार राई एमालेमा प्रवेश
गरेका छन् । उनीहरुलाई स्थायी कमिटी सदस्य द्वय देवराज घिमिरे, हिक्मत कार्की लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा नवप्रवेशी दनुवारले माओबादी केन्द्र नाम मात्रको
कम्युनिष्ट पार्टी भएको आरोप लगाए । काँग्रेससँग मिलेर कम्युनिष्ट नेतृत्वको सरकार ढाल्ने र कम्युनिष्ट विरोधी गतिविध गर्नेलाई सहयोग गर्ने प्रवृति बढ्दै गएकाले आफुहरुले पार्टी छोड्न बाध्य भएको बताए । उनले माओबादी नाताबाद र कृपाबाद भित्र रुमल्लियकाले यसको भविश्ष्य नरहेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।