त्रियुगा उद्योग वाणिज्य संघ सहित विभिन्न संघ संस्था र ब्याक्तिको सहयोगमा सुत्केरी अवश्थामा श्रीमान गुमाएकी भेषकुमारीलाई सहयोग जुट्दै

Logo
सोमबार, साउन ३०, २०७९

उदयपुर । ११ दिनको सुत्केरी अवस्थामा श्रीमानको मृत्युपश्चात कष्टकर जीवन विताईरहेकी उदयपुरको रौतामाई गाउँपालिका ४ की भेषकुमारीलाई थप आर्थिक तथा खाद्यान्न सहयोग जुटेको छ ।

सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी राउतलाई आर्थिक सहयोग शिर्षकमा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि भेषकुमारीलाई सहयोग जुटेको हो ।

राउतलाई काठमाण्डौँ निवासी राजिव भट्टराईले नगद २५ हजार सहयोग गरेका हुन् । उक्त रकम १ नम्बर प्रदेशसभाका सदस्य अम्बिका थापा र गैसस महासंघका जिल्ला अध्यक्ष सृजना पौड्ेलले हस्तान्तरण गरेका थिए ।

त्यसैगरी त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले चामल चार बोरा, नुन, तेल, दाल, मसला, बिस्कुट लगायतका प्याकेजका सामग्री उपलब्ध गराएको छ ।

संघका अध्यक्ष रमेश रसाईली, उपाध्यक्ष पर्शुराम चौधरी, महासचिब दिनेश श्रेष्ठ, सचिब रुपम अनुराग गुप्ता लगायतका संघका सदस्यहरुले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवश्था कमजोर रहेकाले उक्त सामग्री भेषकुमारीको घरमा नै ढुवानी गरी पुर्याइदिएको अध्यक्ष रसाईलीले बताए । उनले संघले उपलब्ध गराएको खाद्यान्नले कम्तिमा तीन महिना खान पुग्ने बताए ।

यसअघि रौतामाई गाउँपालिका ७ स्थायी घर भई जापान बस्दै आएका मेघराज थापाले उनलाई तीस हजार, वल्र्डभिजन र हुरेण्डको सहयोगमा पोषणयुक्त खाद्यसामग्री सहयोग भएको भेषकुमारीले बताईन् ।

सुत्केरी अवश्थामा नै कमाउने श्रीमानको मृत्युले दुई छाक टार्न समेत मुस्किल परेको खवर अनलाईनबाट प्रकाशित भएपछि सहयोग जुटेको हो ।

सांसद थापाले सुत्केरी स्यहारसुसार, पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि आफ्नो क्षेत्रबाट समन्वयकारी भुमिका निर्वाह गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सुत्केरी अवश्थामा दुई बच्चालाई पोषिलो खानेकुरासमेत खुवाउने सामथ्र्य नरहेपछि संघसंस्थासँग सहयोग मागेको भेषकुमारीले बताईन् । राउतका दुई जुम्लियासहित तीन छोरा, एक छोरी छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।