वृक्षारोपण गर्दै वोलवम साईकल यात्रा सम्पन्न

Logo
सोमबार, साउन ३०, २०७९

उदयपुर । धार्मिक तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सुरु गरिएको बोलवम साईकल यात्रा सम्पन्न भएको छ ।

साउनको सोमबार सदरमुकाम गाईघाटबाट सुरु गरिएको साईकल यात्रा जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रमा पुगि अन्तिम सोमबार त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा शान्तिधाम परिसरमा बृक्षारोपण गरी सम्पन्न भएको हो ।

त्रियुगा उद्योग बाणिज्य संघ आयोजना तथा जिल्ला साईकिलिङ्ग संघको संयोजनमा सुरु गरिएको साईकल यात्रा अन्तिम सोमबार त्रिनपा १३ असारीस्थित सिद्धेश्वर मन्दिरको दर्शन पश्चात शान्तिधाममा विभिन्न प्रजातिका विरुवा रोपेर सम्पन्न गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए ।

उनका अनुसार शान्तिधाम परिषरमा त्रियुगा नगरपालिकाका उपप्रमुखमहेश्वरी राई, नेपाल प्रहरी, सशस्त्रत्र प्रहरीका प्रमुख, डिभिजन वन कार्यालय गाईघाट, उदयपुर सुनचाँदी संघ लगायत विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सतिसाल, विजयी साल, अम्बक, सिमल, अमला लगायतका प्रजातिका एक सय विरुवा रोपिएको छ ।

रोपिएका विरुवा संरक्षणका लागि बारबेरा र नियमित पानी लगाउने व्यवस्था गरिएको उनले बताए । पहेलो कपडा (वोलवम )सहित ४० जनाको संख्यामा निस्किएको साईकल यात्राले खासगरी वढ्दो प्रदुषण नियन्त्रण, स्वस्थकर जीवन, आन्तरिक पर्यटनलाई लक्षित गरिएको साईकिलिङ्ग संघका अध्यक्ष जितु रोईलाले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]