बिसनपुर हरितपार्कमा सरसफाई तथा बृक्षरोपण कार्यक्रम सम्पन्न

Logo
सोमबार, साउन ३०, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ स्थित पर्यटकीय स्थल बिसनपुर हरित पार्कमा वृक्षरोपण र सरसफाईको काम सम्पन्न भएको छ ।

विभिन्न प्रजातिका १०० भन्दा बढी बिरुवाहरु रोप्दै १२ नं. वडाका वडा अध्यक्ष चुडाराज काफ्लेले हरित पार्कमा वृक्षरोपण र सरसफाईको सुरुवात गरेका हुन ।

संघीय सांसद तथा नेपाल सरकारका परराष्ट्र मन्त्री डा नारायण खड्काको पहलमा बिसनपुरमा पर्यटकीय स्थल हरित पार्क निर्माण गरिएको थियो ।

विभिन्न प्रजातिका फुल तथा बृक्षहरु लगाएर हरियाली बनाई हरित पार्कलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न बृक्षरोपण र सरसफाई गरिएको वडा अध्यक्ष काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।