एम्बुलेन्समा गाँजा तस्करी

Logo
मंगलबार, साउन ३१, २०७९

लहान । सिरहाको लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।

प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो ।

डिएसपी मैनालीका अनुसार चालक, एम्बुलेन्स र गाजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखिएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।

चालकको नाम गोप्य राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।