उदयपुर । उदयपुरको बेलका नगरपालिका स्थित डुम्रेकोट, लाहुरे खोचमा कोशी नदीले कटान गरि बाढी बस्ती बसेपछी घरबार बिहिन बनेका पिडितको उद्धारमा लायन्स क्लव ३२५ एफले राहत सहयोग गरेको छ ।
लायन्स क्लव ३२५ एफले एक कार्यक्रम गर्दै करिव १५ लाख बराबरको खाद्यान्न सहित लत्ता कपडा र औषधि उपलब्ध गराएर सहयोग गरेको हो ।
लायन्स क्लवका डिस्टिक गभर्नर डा. राजेन्द्र गिरि सहितको टोलि आएर कोशी पीडितलाई खाद्यान्न, सुत्केरी महिलालाई सहित बच्चालाई न्यानो कपडा र औषधी सहयोग गरेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।
गभर्नर गिरि सहित फस्ट डिस्टिक गभर्नर शिव कुमार कटुवाल, सेकेन्ड भाइस डिस्टिक गभर्नर शंकर कुमार सारदा, पास्ट डिस्टिक गभर्नर शम्भु प्रसाद घिमिरे, मधुकर उपाध्याय, डिस्टिक क्याबिनेट सेक्रेटरी केशर बहादुर भण्डारी, डिस्टिक चिप एड्भाइजर मनोज कुमार सपाकोटा, डिस्टिक दिजास्टर कमिटी चिप चक्रपाणी दाहाल, एडिस्नल क्याबिनेट ट्रेजरर संजिव केसि, जोन चेयर पर्सन संजयराज शर्मा लगायतले कोशी पीडितहरुलाई राहत सहयोग जुटाएका हुन ।
यस्तै गाइघाट हाइटका चार्टर प्रेसिडेन्ट इन्जिनियर संजिव काफ्ले, क्लव प्रेसिडेन्टहरु रामध्यान यादव, प्रलाद कार्की, दिनेश शाह, गोपाल अधिकारी लगायतका ब्यक्ति हरुले सहयोगका लागि राहत जुटाएका हुन ।
कार्यक्रममा बेलकाका मेयर अशोक कार्कीले पिडामा परेका नगरबासीहरुलाई सहयोग गरेको प्रती आभार ब्याक्त गरे । सबै भन्दा बढी प्रभावीत भएको वडा नं. ३ का वडा अध्यक्ष टेक प्रसाद आचार्य र वडा नं. ९ का पदम खड्काले सहयोगी मनहरु प्रती धन्यवाद ज्ञापन गरे ।