उदयपुर । स्थानीय तहको निर्वाचन पछि उदयपुरमा ७ हजार मतदाता थपिएका छन ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उदयपुरमा २ लाख २३ हजार १ सय ३८ मतदाता रहेकोमा त्यसपछि यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिती घोषण हुनु अघिल्लो दिन श्रावण १९ गते सम्ममा ७ हजार ९ जना मतदाता थपिएका हुन ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरले मंसिर ४ गतेको निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक दावी विरोधको कार्यक्रमको कार्यतालिका सार्वजनिक गर्दै उक्त कुरा जानकारी दिएको हो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय उदयपुरले यही भदौ १२ गते देखि भदौ १९ गते सम्म मतदता नामावली उपर दावी विरोध गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले जानकारी दिए ।
निर्वाचन कार्यालय उदयपुरले सार्वजनिक गरेको कार्यक्रम अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने, भदौ १३ देखि १५ गते सम्म प्रकाशित नामावली उपर उजुरी दिने, र भदौ १८ गते निर्वाचन कार्यालयले त्रृटी सच्चाउने र हटाईएको नामको सूचना प्रकाशन गर्ने तालिका रहेको जनाएको छ।
आज जिल्ला निर्वाचन कार्यालय उदयपुरले प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवको अध्यक्षता तथा जिल्ला न्यायधिश कृष्ण प्रसाद सुबेदीको प्रमुख आथित्यतामा सरोकारवाला निकाय संग अन्तरकृया कार्यक्रमको आयोजना गरेर सोको जानकारी दिएको हो।