नेपाली कांग्रेस उदयपुरको संस्थापनइतर समूहको भेला सम्पन्न

Logo
शुक्रबार, भाद्र १०, २०७९

उदयपुर । नेपाली कांग्रेस उदयपुरको संस्थापनइतर समूहले शुक्रबार दिउँसो आफू पक्षीय नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

नजिकिदै गरेको संघीय र प्रदेश सभा निर्वाचनका लागि रणनीति बनाउन र आफू पक्षीय नेताहरुको पनि निर्वाचनमा सम्मान जनक उपस्थिति हुन पर्नेमा छलफल भएको थियो ।

संस्थापन इतर समुहको बैठकले संघीय निर्वाचनका लागि उदयपुर क्षेत्र नं १ का लागि बिदुर बस्नेतलाई सर्वसम्मत उम्मेद्वार बनाएको र पार्टीले यस्मा यताउती नगरी निर्णय गर्नु पर्ने र नगरिय परिणाम राम्रो नहुने निस्कर्ष निकालेको नेता मदन कटुवालले बताए ।

बैठले क्षेत्र नं २ का लागि आफ्नो समुहबाट प्रमिला राइलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेता कटुवालले बताए । यता क्षेत्र नं. १ प्रदेश (क) का लागि पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडाले आफ्नो उम्मेद्वारी रहेको बताउदै यस्मा पार्टीले न्यायोचित व्यबहार गर्ने बिश्वास व्यक्त गरे । यदि पार्टीले गठबन्धनको नाममा न्यायोचित व्यबहार नगरे आफ्नो उम्मेद्वारी कायम रहने जानकारी दिए ।

प्रदेश (ख) का लागि संस्थापन इतरसमुहले देवि चौधरी र मदन कटुवाललाई सिफारिस गर्ने निर्णय गरेको नेता कटुवालले जानकारी दिए । उता क्षेत्र नं २ का प्रदेश क र ख मा पनि प्रदेश भेला गरेर निर्णय गरि सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए ।

आज सम्पन्न भेलाले संस्थापन पक्षले पार्टीमा असमान व्यवहार गरेको निष्कर्ष निकालेको छ । पार्टीमा रहेका जिम्मेवार व्यक्तीहरु सँग समेत छलफल र सल्लाह नगरि अन्तर पार्टी सँग छलफल गर्ने गरेको भन्दै यस्तो किसिमको व्यबहार सच्याउनु पर्ने र पार्टी भित्र टिम नहेरी समान ढंगले कार्यकर्तालाई जिम्मेवारी दिनु पर्ने नेताहरुको माग छ ।

उदयपुरको गाइघाट स्थित होटल टाउन हलमा बसेको भेलाले एउटा टिमले एक जना व्यक्तीले दशकौ देखि अवसर पाई राख्ने अरु हेरेको हेरै गर्ने खाले बाताबरण देखियकाले यो भेला गर्नु परेको निवर्तमान सभापती बिदुर बस्नेतले बताए । “पार्टीको आन्तरिक प्रतिस्पर्धामा को हारो को जित्यो त्यो त्यही अधिबेशन ताका मात्र रहनु पर्थ्यो” उनले भने, “फरक समुहका नेता कार्यकर्तालाई वायस गरेर सधै बहुमत र अल्पमतको निर्णय गरिए त्यो समग्र पार्टी पंतीका लागि हितकर हुदैन।”

यस्तै उपस्थित कार्यकर्तालाइ सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले एउटा जिवन्त लोकतान्त्रिक पार्टीमा टिम, बिचार समूह हुनु नौलो कुरा नभएको र ती सबै टिम बिचार समुहलाई नेतृत्वले समान ढंगले व्यवहार गरि उचित व्यबस्थापन गर्नु पर्नेमा जोड दिए । यता प्रदेश (क) का सभापति अर्जुन दाहालले गठबन्धनको नाममा कांग्रेसका नेता कार्यकर्तालाई उपेक्षा गर्दै नजान नेतृत्वलाई सुझाव दिए ।

कार्यक्रममा निवर्तमान सभापति बिदुर बस्ने, पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडा, त्रियुगा नगरपालिकाका मेयर तथा पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेत, पूर्व पार्टी सचिव तथा प्रवक्ता मदन राज कटुवाल, वडा नं. १ अध्यक्ष मनोज चौधरी, वडा नं. ४ का वडा अध्यक्ष बद्री बस्नेत, वडा नं. ९ का वडा अध्यक्ष राज कुमार दनुवार, निर्वतमान उप मेयर देवि चौधरी, पूर्व महासमिति सदस्य तथा उदयपुर सिमेन्ट उद्योग संचालक समिती अध्यक्ष केशव बस्नेत, पूर्व पार्टी सचिव मनोज बस्नेत, प्रदेश सभापती १ (क) अर्जुन दाहाल, महिला संघ अध्यक्ष लिला राई, थारु सँघ जिल्ला सभापति डा. भोगेन्द्र चौधरी, महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य सुमन परियार, पूर्व कोषाध्यक्ष बिश्णु बहादुर राउत, पूर्व महाधिवेशन प्रतिनिधि सीता राई, पूर्व महाधिवेशन प्रतिनिधि तेज राज तिमिल्सिना, बिद्यार्थी नेता रोशन कार्की, त्रियुगा उद्योग बाणिज्य सँघका अध्यक्ष रमेश रसाइली, नेता महेन्द्र प्रसाद चौधरी, सुमन चौधरी लगायत युवा तरुण, विद्यार्थी, शिक्षक लगायत नेता कर्याकर्ताको व्यापक उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]