स्थानीय निर्वाचन पछि उदयपुरमा ७ हजार बढी मतदाता थपिए : निर्वाचन आयोग

Logo
आइतबार, भाद्र १२, २०७९

उदयपुर । स्थानीय तहको निर्वाचन पछि उदयपुरमा ७ हजार मतदाता थपिएका छन ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उदयपुरमा २ लाख २३ हजार १ सय ३८ मतदाता रहेकोमा त्यसपछि यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिती घोषण हुनु अघिल्लो दिन श्रावण १९ गते सम्ममा ७ हजार ९ जना मतदाता थपिएका हुन ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले मंसिर ४ गतेको निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक दावी विरोधको कार्यक्रमको कार्यतालिका सार्वजनिक गर्दै उक्त कुरा जानकारी दिएको हो।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय उदयपुरले यही भदौ १२ गते देखि भदौ १९ गते सम्म मतदता नामावली उपर दावी विरोध गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले जानकारी दिनु भयो ।

निर्वाचन कार्यालय उदयपुरले सार्वजनिक गरेको कार्यक्रम अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने, भदौ १३ देखि १५ गते सम्म प्रकाशित नामावली उपर उजुरी दिने, र भदौ १८ गते निर्वाचन कार्यालयले त्रृटी सच्चाउने र हटाईएको नामको सूचना प्रकाशन गर्ने तालिका रहेको जनाएको छ।

आज जिल्ला निर्वाचन कार्यालय उदयपुरले प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवको अध्यक्षता तथा जिल्ला न्यायधिश कृष्ण प्रसाद सुबेदको प्रमुख आथित्यतामा सरोकारवाला निकाय संग अन्तरकृया कार्यक्रमको आयोजना गरेर सोको जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]